जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक विवादमा तानिएकी छिन् ।
संवैधानिक आयोगमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्न कोरम नपुगेपछि सरकारले अत्यन्त अपारदर्शी ढंगले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न लगायो ।
अपारदर्शी यसअर्थमा कि मन्त्रिपरिषद्को कहिलेको बैठकबाट अध्यादेश पारित भएको भन्नेमा स्वयं मन्त्रीहरू नै अनभिज्ञ भए ।
सरकारले सिफारिश गर्नासाथ हतार–हतार राष्ट्रपतिबाट अध्यादेश जारी भयो । अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक पनि बस्यो ।
अध्यादेश जारी भएको भोलिपल्ट अर्थात् बुधवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्ने निर्णय सुनाए पार्टी सचिवालयको बैठकमा ।
अघिल्लो दिन अध्यादेश जारी गर्न सिफारिश गर्ने र भोलिपल्टै फिर्ता गर्ने सरकारको घोषणा अत्यन्त गैरजिम्मेवार काम हो ।
सरकारले २४ घण्टा पनि टिक्न नसक्ने निर्णय गर्ने र त्यस्तो निर्णयलाई राष्ट्रपतिले तत्कालै सदर गरिदिँदा उनको भूमिकालाई लिएर बाहिर टीकाटिप्पणी भयो ।
अध्यादेशलाई जसरी हलुका ढंगले प्रयोग गरियो यसले संविधानको मर्ममाथि प्रहार गरेको भनेर संविधानविद्हरूले चिन्ता व्यक्त गरेका छन् । कहिलेकाहीँ आवश्यक पर्ने भएकाले संविधानमा अध्यादेशसम्बन्धी व्यवस्था गरिएको छ । यो हतियारको प्रयोग विवेकसम्मत् गर्नुपर्छ ।
जतिबेला जहाँ पनि प्रयोग गर्नका लागि संविधानमा अध्यादेशको व्यवस्था गरिएको होइन । संसद्को अधिवेशन बोलाउन आलटाल गरेर अध्यादेशको सहारामा शासन चलाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दलले समेत चर्को विरोध गरेपछि सरकार अध्यादेश फिर्ता गर्न तयार भयो ।
अध्यादेश फिर्ता गर्ने प्रधानमन्त्रीको कदम सकारात्मक हो, तर उनले विगतबाट पाठ सिक्न नखोजे जस्तो देखियो । गत वैशाखमा सरकारले यसैगरी अध्यादेश ल्याएको थियो । पार्टीभित्र र बाहिरको चर्को विरोधपछि अध्यादेश फिर्ता भएको थियो ।
८ महिनाको अन्तरालमा फेरि अध्यादेश ल्याउने गलत काम सरकारले गरेको थियो । गतल ठाउँमा अध्यादेशको हतियार चलाउने गल्ती सरकारले भविष्यमा नगरोस् ।
अध्यादेश प्रकरणले राष्ट्रपति भण्डारीलाई अनावश्यक ढंगले विवादमा मुछ्ने काम भयो । राष्ट्रपति गणतन्त्र नेपालको सर्वोच्च पद हो । संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा किटान गरिएको छ ।
संविधान र गणतन्त्रको संरक्षकलाई संविधानको भावना र मर्मविपरीतको काम गर्न लगाइनु र राष्ट्रपतिले पनि त्यस्तो कदम आँखा चिम्म गरेर सदर गर्नु गलत काम हो ।
गणतन्त्र संस्थागत हुँदै गरेको अवस्थामा राष्ट्रपतिजस्तो सम्मानित संस्थाप्रति वितृष्णा पैदा गर्ने खालका क्रियाकलाप हुनुले गणतन्त्र र स्थायित्वप्रति नै प्रश्न उठ्ने पक्का छ ।
अध्यादेश प्रकरणमा सभामुख अग्नि सापकोटाको भूमिकाबारे पनि प्रश्न उठेको छ । संवैधानिक परिषद्को बैठक बहिष्कार गर्नु उनको संवैधानिक दायित्व बाहिरको काम हो ।
सम्मानित पदमा बसेका व्यक्तिहरूले राजनीतिक दलको कुनै पक्ष या विपक्षलाई फाइदा हुनेगरी काम गर्नु गलत हो ।
अध्यादेश प्रकरणलाई एउटा पाठको रूपमा लिएर संविधान कार्यान्वयन गर्ने ठाउँमा रहेका पदाधिकारीहरूले संविधानको मर्म र भावनाअनुसार आफ्नो कर्तव्य र दायित्व पूरा गर्न लागून् ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...