मंसिर ४, २०८०
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पोखरा, ४ पुस । पोखरामा नियमित रुपमा संचालन हुँदैआएको नेपाल लिटरेचर फेस्टिभलको कोरोना महामारीका कारण यसपालि भर्चुअलरुपमा हुने भएको छ ।
फेस्टिभलको नवौं संस्करण पर्यटकीय क्षेत्र सराङ्कोटमा पुस १४ र १५ मा हुने पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बुकवर्म फाउण्डेसनले जानकारी दिएको छ ।
आईएमईको प्रायोजनमा हुने सो महोत्सवमा यसपालि १५ सेसनमा ४० जना वक्ता जुट्नेछन् । फेस्टिभलका सबै सत्रहरु सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक यूट्यव च्यानलबाट लाइभ प्रसारण हुने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार, विशिष्ट व्यक्तित्वका वक्ता रहनेछन् ।
फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले कोरोनाकालको समयमा समेत भौतिक रुपमा भए पनि फेस्टिभललाई निरन्तरता दिने हेतुले आफूहरु अघि बढेको बताए ।
‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सन् २०११ देखि झम्सिखेलबाट सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्र प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदैआएको आयोजकको दाबी छ । यसप्रकारको साहित्यिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तिलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्र शक्तिशाली बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
फेस्टिभलका सहआयोजक संस्था र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरा चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए । उनले सञ्चारमाध्यमसँगै शुभचिन्तकको बलियो साथले फेस्टिभल सफल हुने अपेक्षा गरे ।
आयोजक संस्थाकी सदस्य अनिकर्मले फेस्टिभलको माध्यमबाट पोखरेली युउवामा पठन संस्कृति विकास गर्न सफल भएको बताइन् ।
नीति तथा कार्यक्रममा पर्यटनलाई पहिलो प्राथमिकता राखेको गण्डकी प्रदेश सरकारका लागि पनि फेस्टिभलले टेवा पुर्याउने विश्वास गरिएको फेस्टिभलका सदस्य भरत कोइरालाले जानकारी दिए ।
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...