असोज १०, २०८०
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जा...
सामान्य सजावटले मात्रै घरको माहौल र जीवनको हरेक पललाई सामन्जस्यपूर्ण र सम्बृद्ध बनाउन सकिन्छ । मुख्य रुपमा घरको अगाडि भाग सफा, चम्किलो, सुगन्धित हुनुले संकेत गर्छ कि घरमा सकारात्मक उर्जा व्याप्त छ । र त्यस्तो उर्जा मुख्य ढोकाबाट भित्र प्रवेश गर्छ ।
घरमा सकरात्मक उर्जाको प्रवेशका लागि बाधारहित हुनुका साथै फोहरको व्यवस्थापन हुनु जरुरी हुन्छ । घरको गेटमा ओइलाएका बोट–विरुवा, लहरा, काँडा हुनु नराम्रो मानिन्छ । त्यसकारण त्यस्तो क्षेत्रमा विरुवा नहुनु नै राम्रो हुन्छ ।
घरलाई मात्र व्यवस्थित बनाउन सकियो भने तपाईको भाग्य नै फेरिन सक्छ । किनकी तपाईको घरमा सकरात्मक उर्जाको प्रवेश हुनु भनेको तपाईको जीवनमा नयाँ उमंग छाउनु हो ।
– घर को व्यवस्थित राख्नुहोस् जीवनमा केही नयाँ हुनेछ । सफा–सुग्घर घर सकरात्मक उर्जा मात्रै ल्याउँदैन् तपाईको दिमागलाई शान्त राख्नुका साथै नयाँ सोचको विकास हुन्छ ।
–टुटे फुटेका चीज तथा कलाकृतिहरु घरबाट बाहिर निकालिदिनुहोस् । यस्ता चीज वस्तुले नकरात्मक घरमा उर्जाको वास गराउँछ ।
– सुत्ने कोठालाई पृथक राख्नुहोस् । तपाईको नोकरी तथा व्यवसायसँग कुनै पनि चीज वस्तु सुत्ने कोठामा कहिल्यै नराख्नुहोस् । बेडरुमबाट ती सबै चीजलाई हटाइदिनुहोस् उच्च चुम्बकीय क्षेत्रको उत्पादन गर्छन् । जस्तै विद्युतीय उपकरण, कम्प्युटर आदि ।
– यो कुरामा सधैं ध्यान दिनुहोस् कि कतै फर्निचरका कारण घर भित्र प्रवेश गर्न र वाहिर जान अप्ठेरो त परेको छैन । यदि त्यस्तो छ भने त्यहाँबाट फर्निचर हटाइहाल्नुहोस् । मानिसको आवत–जावत हुने ठाउँमा फर्निचर राख्दा घरमा सकरात्मक उर्जाको प्रवेश हुँदैन ।
–ऐनालाई मुख्य ढोकामा टाँग्नुहुँदैन । ढोकामा राखिएको ऐनाले मानिसलाई असर पुर्याउन सक्छ । छुट्टै कोठामा ऐना राख्नुहोस् ।
– सुत्ने कोठामा सधैं सुद्ध जल राख्ने गर्नुहोस् । तामाको भाँडामा पानी राख्दा सकरात्मक उर्जाको विकास हुन्छ । पानीलाई सामान्यतया उत्तर या पूर्व दिशामा राख्दा राम्रो हुन्छ ।
– घरमा फूल रोप्नुहोस् । यसले सकरात्मक उर्जाको विकास गर्छ ।
– सुत्ने कोठा तथा खाना खाने कोठामा सधैं फलले भरिएको एक टोकरी राख्नुहोस् । जसमा मुख्य रुपमा सुन्तला र कागती होस् ।
– फर्निचरको डिजाइन गर्दा ध्यान दिनुहोस् कि कतै तिखो कुनो त छैन ? र बेडमा पनि तिखो कुनो छ भने त्यसलाई तुरुन्त मर्मत गराएर तिखो कुनो हटाउन लगाउनुहोस् ।
काठमाडौं, — सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जा...
हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ । सास गनाउन...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानूनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । ...
बौद्ध धर्मका गुरू ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । व्योम कुसुमा बुद्ध धर्म सङ्घका अध्यक्ष मुकुन्द विष्टले यही असोज २७ मा तारागाउँ खुला चौरमा महाभिषेक गरिने ...
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं ललितपुर, भक्तपुर, धुलिखेल, दोलखाल...
महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । अध्ययनमा ४६ ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...