×

NMB BANK
NIC ASIA

मन्त्रीविनाका मन्त्रालय

संसद् विघटनपछि सिहंदरबार सुनसान, अझै हटेन राजीनामा दिएका ५ मन्त्रीको नेमप्लेट !

पुस ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा विघटन भएपछि सिंहदरबार सुनसान देखिएको छ । 

Muktinath Bank

संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएलगत्तै ७ मन्त्रीले राजीनामा दिए । ती सातै मन्त्रालय अहिले मन्त्रीविहीन छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरेर संयुक्तरूपमा राजीनामा दिएको जानकारी गराएका थिए, तर अहिलेसम्म उनीहरूको राजीनामा स्वीकृत भएको छैन ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

तीमध्ये ५ जना मन्त्रीको नेमप्लेटसम्म हटाइएको छैन भने २ जना मन्त्रीको कार्यकक्षमा भएको नाम प्लेट हटाइएको छ । 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको भने नाम प्लेट हटाएको पाइएको छ । 

निवर्तमान वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आफू अब नफर्कने भन्दै मन्त्रालयबाट बिदा लिएर गएको मन्त्रालयका एक कर्मचारीले बताए । 

‘मन्त्रीज्यूले अब मन्त्रालय आउँदिन भनेर बिदा लिएर जानुभएको छ,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘त्यही कारणले हामीले नेमप्लेट हटाएको हौं ।

सिंहदरबारका कर्मचारीहरूका अनुसार राजीनामा दिएका मन्त्रीहरू संसद् विघटन भएको दिनदेखि मन्त्रालयमा आएका छैनन् भने कर्मचारीहरू पनि मन्त्रालयमा कमै देखिन्छन् । 

मन्त्री नै भएपछि मन्त्रालयका कर्मचारी र कामको चाप पनि कम छ ।

नियमित काम रोकिएको छैन

मन्त्री नभए पनि नियमित काम नरोकिएको कर्मचारीहरूले बताएका छन् । 

सातै मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्रीहरूबाट हुने काम रोकिएता पनि अन्य नियमित कामहरू भैरहेका छन् ।

खानेपानी मन्त्रालयका एक कर्मचारी भन्छन्– ‘नियमित काम त रोकिएको छैन, मन्त्रीबाट हुने काम मात्र रोकिएको हो ।’

मन्त्रीहरूले राजीनामा दिए पनि स्वीकृत नभएका कारण मन्त्रालयको वेबसाइटबाट पनि नाम हटाइएको छैन ।

प्रधानमन्त्रीको कार्यालयको वेबसाइट र सम्बन्धित मन्त्रालयको साइटबाट मन्त्रीको नाम नहटाइएको हो ।

मन्त्री हुँदा भने मन्त्रीहरूले शपथ खाएको केही मिनेटमा नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम वेबसाइटमा अपडेट गराइएको थियो ।

मन्त्रीले मन्त्रालय छाडे पनि आसेपासेले प्रभाव जमाउन भने छाडेका छैनन् । 

खानेपानी मन्त्री बिना मगरले राजीनामा दिए पनि उनको सचिवालयका केही सदस्यले मन्त्रीको नाम बेचेर सिंहदरबारमा आफ्नो काम गराउने गरेको पाइयो ।

सिंहदरबारको सुरक्षा निकायका एक कर्मचारीका अनुसार ‘म खानेपानी मन्त्रीको सचिवालयको मान्छे मेरो यस्तो काम गरिदिनुपर्‍यो भनेर अझै भन्दैछन् । 

ती अधिकारीले ‘तपाईंको मन्त्री कार्यकक्षमै हुनुहुन्छ भने म काम गर्दिन्छु’ भनेपछि सवालजवाफ भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x