×

NMB BANK
NIC ASIA

शेयर बजारमा राजनैतिक प्रभाव, के छ लगानीकर्ताको मनमा ?

पुस ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान करीब १० बजेतिर अकस्मात संसद् विघटन गर्ने निर्णय लिए र विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरे । त्यसपछि दिनभर धेरैको ध्यान यतै खिचियो । 

Sagarmatha Cement
Muktinath Bank

लगानीकर्ताहरूका लागि आइतवार शेयर बजारको कारोवार खुल्ने पहिलो दिन हो । आइतवार बिहानैदेखि भएको राजनैतिक उतारचढावका कारण लगानीकर्ताहरूको मनोबलमा पनि उतारचढाव नै देखा पर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानीकर्ताहरूको मन विचलित हुनुको परिणाम शेयर बजारमा मस्तै देखियो । कारोवारको अन्तिम समय ३ बजेसम्ममा आइतवार शेयर बजारमा भीषण पहिरो गयो । 


Advertisment
Nabil box
Kumari

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार आइतवार शेयर बजार ९६.८८ अंकले घट्दै १९३५.६३ बिन्दुमा रोकियो । 

Vianet communication
Laxmi Bank

आइतवार दिउँसो नै राष्ट्रपति भण्डारीले संसद् विघटन गरेकी थिइन् भने वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि घोषणा गरेकी थिइन् । 

आइतवारदेखि बिहीवारसम्म शेयर बजारमा राजनैतिक असर परिरहेको शेयर बजार विश्लेषकहरू बताउँछन् । 

सोमवार पनि शेयर बजारमा निकै उतारचढाव देखिएको थियो । सोमवार बजार ३० अंकले बढ्दै १९६५.९५ बिन्दुमा पुगेर रोकियो ।

मंगलवार भने शेयर बजारले गति लियो । यस दिन बजार ९५ अंकले बढ्दै २०६१.४२ बिन्दुले बढ्यो । 

बुधवार भने बजारमा उतारचढाव रह्यो । बजार खुल्ने बित्तिकै नेप्से सूचक बढेर २१२६ बिन्दुसम्म पुगेपनि अन्तिममा आएर २०६८ बिन्दुमा रोकिन पुग्यो । 

बिहीवार दिउँसो १ः५६ बजेसम्ममा शेयर बजारमा ३२.२८ अंकले गिरावट आउँदै २०३६.१७  बिन्दुमा पुग्यो ।

अन्तिम समयमा पनि बजारमा गिरावटले निरन्तरता पायो । बिहीवार बजार २९.८३ अंकले घट्दै २०३८.६३ बिन्दुमा झरेको छ । 

यस दिन  ९८ लाख १३ हजार ८ सय ६४ कित्ता शेयर  ५ अर्ब ३५ करोड १२ लाख ८१ हजार ६ सय ५३ रुपैयाँमा खरिदबिक्री भएको छ ।  

के छ लगानीकर्ताको मनमा ? 

शेयर बजारमा पछिल्लो समय भइरहेको उतारचढावमा राजनैतिक घटना परिघटनाहरू पनि कारक रहेको नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पूँजी बजार फोरमका सभापति एवं शेयर बजार विश्लेशक अम्बिकाप्रसाद पौडेल बताउँछन् । 

बजारमा सामान्य करेक्सन हुँदै बजार माथितिर गइरहेको अवस्थामा एकाएक संसद् विघटनजस्ता कुराहरू आउँदा लगानीकर्ताहरू विचलित बनेको उनको बुझाइ छ । 

उनले भने, ‘लगानीकर्ताहरूलाई सामान्य कुराले त छुन्छ भने संसद् विघटन र त्यसबाट उत्पन्न अन्य परिस्थितिहरूले नछुने कुरा रहेन । त्यसकारण अब के होला भन्नेतर्फ लगानीकर्ताको सोच देखियो ।’

निरन्तर बढिरहेको बजारले आफूलाई करेक्सन गर्नका लागि एउटा बिन्दु खोजिरहेको थियो, त्यसलाई राजनैतिक उथलपुथलले सहयोग गरेको बताउँदै उनले पूर्णरूपमा लगानीकर्ता राजनैतिक घटनामा निर्भर भने नभएको बताए । उनले आइतवार राजनीतिक उतारचढावले बजारमा प्रभाव जमाएको भएपनि सोमवार त्यसो नभएको उल्लेख गरे । 

लगानीकर्ताको मनोविज्ञान ‘कर्कलाको पानीजस्तै’ भएको बताउँदै उनले शेयर बजारलाई लगानीकर्ताको स्वभावले असर पार्ने उनको भनाइ छ । 

पोख्त लगानीकर्ताहरूले भविष्य र वर्तामान दुवै नियालेर, अध्ययन गरेर लगानी गर्ने हुनाले बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै उतारचढाव आउने उनले बताए । 

उनले भने, ‘आइतवार नयाँ लगानीकर्ताहरू अलमलिए, सोमवार, मंगलवार पुराना लगानीकर्ताले बजार चलाए ।’

यता नेपाल इन्भेस्टर फोरमका अञ्जिव तुलाधर कुनै ठूलो घटना हुँदा शेयर बजारले असर देखाउने बताउँछन् ।

उनले भने, ‘अनुभव नभएका वा नयाँ लगानीकर्ताहरूलाई केही नयाँ कुराले धेरै छुन्छ, त्यसकारण आइतवार शेयर बजारमा त्यसको असर देखियो ।’

आइतवार शेयर बजारमा गिरावट आएपनि सोमवार सुधार भएको बताउँदै उनले पछिल्लो राजनैतिक घटनाक्रमले शेयर बजारलाई ‘करेक्सन मूड’ला जान सघाउ पुगेको उल्लेख गरे । 

शेयर बजारको आफ्नै बाटो हुने बताउँदै उनले अहिले पनि शेयर बजार आफ्नै लयमा हिँडिरहेको बताए । 

उनले भने, ‘शेयर बजारको आफ्नै साइकल हुन्छ, अहिले बजार बढ्ने क्रममा छ, कुनै दिन करेक्सन हुनु सामान्य प्रक्रिया नै हो ।’

शेयर बजारमा अहिले पहिलो पाइला रहेको बताउँदै अबको ४ वर्षसम्म बजार क्रमशः बढ्दै जाने उनले बताए । उनले भने,‘शेयर बजारको पहिलो पाइला हो, अबको ४ वर्षमा बजार बढेर ५ हजार ५ सय वा ६ हजार पुग्ने देखिन्छ ।’

उनले शेयर बजारमा छिटो नाफा हुने र छिटो नोक्सान हुने क्षेत्र भएको बताउँदै यसमा नयाँ लगानीकर्ताहरूले बढीभन्दा बढी अध्ययन गरेर शेयर बजारमा प्रवेश गर्नुपर्ने बताए । 

उनले भने, ‘नयाँ लगानीकर्ताहरूले धेरैभन्दा धेरै अध्ययन गरेर, सही समयमा सही कम्पनी छनौट गरेर अगाडि बढ्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘अध्ययन गरेर गरेको व्यवसाय सफल नै हुन्छ, त्यसकारण व्यवसायमा अध्ययन जरुरी छ ।’

उनले बजार बढ्दा मात्र हैन बजार घट्दा पनि नाफा लिन सक्ने अवस्था हुने बताउँदै नेपालमा शर्ट सेललाई पनि बानी पार्नुपर्ने बताए । 

उनले भने, ‘शर्ट सेलबाट नाफा कमाउन पाए राम्रो हुन्छ, ४ वर्ष नाफा कमाउने र ४ वर्ष चुप लाग्ने अवस्था आउन हुन्न ।’

अर्थतन्त्रको रक्तसञ्चारको रूपमा शेयर बजारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले यसमा राज्यको विशेष ध्यान जानुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x