×

NMB BANK
NIC ASIA

अब तरकारी बजारमा पनि क्यूआर कोडमार्फत भुक्तानी, गभर्नर अधिकारीले गरे औपचारिक शुरूवात

पुस १०, २०७७

NTC
Sarbottam
तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी गर्दै गभर्नर
Premier Steels
Marvel

शुक्रवार नक्सालस्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले एक किलो अदुवा किने । 

Sagarmatha Cement
Muktinath Bank

र क्यूआर कोडमार्फत भुक्तानी गरे । एक किलो अदुवाको ८० रुपैयाँ तरकारी व्यवसायीलाई गभर्नरले क्यूआर कोडमार्फत भुक्तानी गर्दा व्यवसायी दंग थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब अरूलाई पनि सकेसम्म क्यूआर कोडमार्फत नै भुक्तानी गराउनुस् है,’ व्यवसायीलाई गभर्नर अधिकारीले भन्दै थिए ।


Advertisment
Nabil box
Kumari

नक्सालस्थित तरकारी बजारमा औपचारिक रुपमा क्यूआर कोडबाट भुक्तानी शुरू गर्दाको दृश्य थियो त्यो । 

Vianet communication
Laxmi Bank

यससँगै तरकारी बजारमा पनि अब ‘क्यासलेस’ भुक्तानीको औपचारिक रूपमा शुरू भएको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको पहल तथा सानिमा बैंकको सक्रियतामा तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी शुरू गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गभर्नर अधिकारीले कोभिड १९ पश्चात नगद कारोबार डरलाग्दो भएको भन्दै अब क्यासलेस प्रविधि अपनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘कोभिडपश्चात नगदको कारोबारमा डर भयो, त्यसपछि क्यूआर कोडको सोच आयो ।’

उनले मासिक रूपमा क्यूआर कोडको प्रयोग ३० प्रतिशतले वृद्धि भएको पाइएको बताउँदै उनले अहिले यसको प्रयोगमा व्यापकता ल्याउनुपर्नेमा जोड दिए । 

कालिमाटी तथा बल्खुस्थित तरकारी बजारसँगै देशभरका तरकारी बजारहरूमा क्यूआर कोडमार्फत भुक्तानीको शुरूवात छिट्टै गर्ने बताउँदै गभर्नर अधिकारीले भने,‘अब क्यासलेस नसकेपनि लेसक्यास बनाउन सकिन्छ, त्यसकारण यसको शुरूवात छिट्टै हुन्छ ।’

उनले डिजिटलाइजेसन पैसासँग मात्र गाँसिएको नभई मानिसहरूको भोलिको आचरणसँग पनि सम्बन्धित हुने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको डिजिटलाइजेसन सम्बन्धि भिजनलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्न बैंकहरू तत्पर रहेको बताए । 

उनले तरकारी बजारमा क्यूआर कोडको शुरूवात गरी राष्ट्र बैंकको भिजनलाई वास्तविकतामा परिणत गरेको सुनाए । उनले भने,‘बैंकहरूका लागि क्यूआर कोड सस्तो पनि पर्ने देखिन्छ ।’

उनले पछिल्लो समय बैंकहरूले डिजिटलाइजेसनमा लगानी बढाइरहेको समेत बताए । उनले भने,‘यो एक बैंकको मात्र एजेन्डा नभई मुलुककै एजेन्डा हो, यसले बैंकहरूको लागत समेत घट्छ ।’

उनले राष्ट्र बैंकको डिजिटलाइजेसन सम्बन्धि भिजनलाई कार्यान्वयनमा ल्याउन हातेमालो गर्दै अगाडि बढ्ने समेत बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x