×

NMB BANK
NIC ASIA

संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरि चहलपहल र आसेपासेको घुइँचो देखिएको छ । 

Muktinath Bank

मन्त्रीहरूको राजीनामापछि सुनसान देखिएका मन्त्रालयमा नयाँ मन्त्री आएसँगै उनीहरूका आसेपासे र बधाई दिनेहरूको ओइरो लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् विघटन भएको भोलिपल्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरेर संयुक्तरूपमा राजीनामा दिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, प्रेम आले र दावा तामाङसहित ८ जना मन्त्री थपेपछि आजबाट फेरि मन्त्रालयमा चहलपहल देखिएको छ ।

Vianet communication
Laxmi Bank

पदभार ग्रहण गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले रुख कटानका कारण विकास निर्माणमा देखिएको समस्यालाई समाधानका लागि कानून बनाउने बताएका छन् । 

मन्त्री आलेले विकास निर्माणका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बनाउनका लागि समय लाग्ने र त्यसले विकास निर्माणमा प्रभाव पार्ने भएकाले त्यसलाई कानूनमा नै व्यवस्था गरेर सजिलो बनाउने बताएका छन् ।

उनले पदभार ग्रहणसँगै ‘आर्थिक अनुशासन मितव्यितासम्बन्धी र बेरुजु फर्छ्यौटको कार्ययोजना बनाई कार्यन्वयन गर्ने,’ फाइलमा हस्ताक्षर गरेका थिए ।

यस्तै पदभार ग्रहण गर्दै खानेपानी मन्त्री मणिचन्द्र थापाले नेताले गर्दा देश बिग्रिएको भन्दै त्यसलाई सुधार्दै समस्या समाधान गर्न अग्रसर हुने बताएका छन् । 

पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘हामी  नेताले देश बिगारेका छौं, समस्या सिर्जना गरेका छौं, त्यसलाई सुधार्ने प्रयास गर्नेछु ।’

यस्तै मन्त्री थापाले निर्वाचनतर्फ अग्रसर भएको अवस्थामा निर्वाचनपछि स्थायी सरकार बन्ने विश्वास व्यक्त गरे ।

सबैको चासो भएको मेलम्ची खानेपानीको विषयमा भने उनी बोलेनन् । 

तर मन्त्रालयका कर्मचारीहरूले यसभन्दा अगाडि सफल परीक्षण गरिएकाले यही महिनामा मेलम्ची ल्याउनसक्ने मन्त्रीलाई ब्रिफिङको समयमा बताएका थिए । 

‘मेलम्ची खानेपानी यो महिना ल्याउन सक्छौं । यसभन्दा अगाडि सफल परीक्षण भएको छ । मन्त्रीज्यूको पालामा उद्घाटन गर्न सकिन्छ,’ एक कर्मचारीले मन्त्री थापालाई ब्रिफिङका क्रममा भने ।

तर खानेपानी सचिव माधव बेल्बासेले सीसीएमसीले स्थानीय ठेकेदारलाई भुक्तानी नदिएका कारणले समस्या भएको बताए । 

सचिव बेल्बासेले स्थानीय ठेकेदारहरूलाई २ अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारणले गर्दा केही समस्या देखिएको बताए । 

‘सीसीएमसीले २ अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी भएका कारण स्थानीयले आन्दोलन गरिरहेका छन्, सचिव बेल्बासेले भने, ‘राजनीतिक लेभलमा मन्त्रीज्यूले पहल गर्दिनुनेछ ।’

उनले देशभरमा ४२ हजार भन्दै आयोजना रहेको र त्यसको ७० प्रतिशतमा राजनीतिक हिसाबले समस्या देखिएकाले त्यसलाई समाधान राजनीतिक तहबाट गर्नुपर्ने सचिव बेल्बासेले बताए ।

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x