कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
राजनीतिक गतिविधि तातिएको र कोरोनाजन्य कारणले चिसिएको देशको सृजनात्मक वातावरणमा शास्त्रीय सङ्गीतज्ञहरू भने पुनः पुरानै लयमा फर्कने अनुष्ठानमा जुटेका छन्।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा राजधानीमा जारी साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन- २०७७ मा सहभागी सङ्गीतज्ञहरूको सिर्जनाले सुषुप्तप्रायः अवस्थामा रहेको नेपालको शास्त्रीय सङ्गीत जगत्लाई पुनर्तरङ्गित तुल्याएको छ।
संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर पुस ९ गते बिहीबारदेखि जारी शास्त्रीय संगीत सम्मेलनको चौथो दिन आइतबार चर्चित युवा गायिका लावनी चक्रवर्ती प्रसाईंको रागगायन र धनबहादुर गुरुङको शहनाईवादनबाट दर्शक/स्रोता मन्त्रमुग्ध भए। यी प्रस्तुतिहरूमा श्री केसीले हारमेनियम तथा जगन्नाथ धौगोडालेतबलामा साथ दिएका थिए।
कार्यक्रमको आरम्भमा बरिष्ठ शास्त्रीय सङ्गीतज्ञ प्रा. श्रीराम आचार्यले आफूसहित नेपालका अधिकांश बरिष्ठ शास्त्रीय संगीतकर्मीहरूका गुरु नरराज ढकालप्रति समर्पित गरेर शास्त्रीय संगीतको सातदिने आयोजना गरेर संगीत-नाट्य प्रज्ञा-प्रतिष्ठानले युगान्तकारी कार्य गरेको बताउनुभयो। उहाँले शास्त्रीय सङ्गीतमा समेत नेपालीपनको प्रवर्द्धनमा जोड दिनुभयो।
मिथिला नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत भइरहेको उक्त कार्यक्रमको सञ्चालन शास्त्रीय संगीत फाँटका चर्चित युवाजोडी कुन्दन पाठक र जोनिशा पौडेलले गरिरहेका छन्। कार्यक्रमअन्तर्गत पहिलो दिन सङ्गीतप्रवीणका सुपुत्रद्वय प्रभुराज ढकाल र प्रतीक ढकालको गायन तथा रामकुमार अर्यालको सितारवादन भएको थियो भने दोस्रो दिन मनमोहन थपलियाको गायन र नगेन्द्रविक्रम राईको बाँसुरीवादन प्रस्तुत भएको थियो।
सम्मेलनअन्तर्गत तेस्रो दिन अर्थात् ११ गते शनिबार प्रख्यात ध्रुपद गायक विष्णुप्रसाद आचार्यको ध्रुपदगायन, बरिष्ठ वादक बदन मण्डलको तबलावादन र सिद्धहस्त वादक सन्तोषभक्त श्रेष्ठको इसराजवादनले स्मरणीय छाप छोडेको थियो।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ 'रायन', प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षि, नेपाल शास्त्रीय सङ्गीत समाजका अध्यक्ष धनबहादुर गोपाली, महासचिव गोकुलम लिम्बू, त्रिवि ललितकला विभाग प्रमुख सङ्गीता राना प्रधान, मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिराबहादुर थापालगायतका व्यक्तित्वले समग्र सङ्गीतको उन्नयनमा शास्त्रीय सङ्गीतको महत्त्व र यस कार्यक्रमले पुय्राउने योगदानबारे आआफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमअन्तर्गत शनिबार प्रसिद्ध ध्रुपद गायक विष्णुप्रसाद आचार्यको गायन तथा बरिष्ठ तबलावादक बदन मण्डलको तालवादन प्रस्तुति हुनेछ।
आगामी शृङ्खलाहरूमा शिवराज पौडेल र डा. सीता थापाको गायन; मोहनप्रसाद जोशी र डङ्कनदास चौधरीको तालबादन ट्टथा सुविमा श्रेष्ठ र स्वजन रघुवंशीको प्रस्तुत हुने कार्यक्रम रहको विभागीय प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले जानकारी दिनुभएको छ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...