×

NMB BANK
NIC ASIA

दिनदिनैको आन्दोलनले राजधानीमा सुरक्षा चुनौती, प्रहरीले हेडक्वार्टरबाट मगायो थप फौज

पुस १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनपछि सिर्जित आन्दोलन र झडपहरूका कारण काठमाडौं उपत्यकामा प्रहरीलाई जनशक्ति अपुग भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसद् विघटनपछि उपत्यकालगायत देशभर नारा जुलुस र आन्दोलनका कार्यक्रम भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा विभाजनपछि सडक आन्दोलन मात्र होइन पार्टी कार्यालयहरूमा समेत झडपको स्थिति उत्पन्न भएको अवस्था छ ।


Advertisment
Nabil box
Kumari

उपत्यकामा आन्दोलनका कार्यक्रम बढ्दै गएपछि महानगरीय प्रहरी कार्यालयले थप जनशक्ति आवश्यक परेको भन्दै प्रहरी प्रधान कार्यालयसमक्ष जनशक्ति उपलब्ध गराइदिन अनुरोध गरेको महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले बताए । 

Vianet communication
Laxmi Bank

‘उपत्यकामा दिनकै बढ्दै गएको आन्दोलनलाई मध्यनजर गरेर यस कार्यालय मातहतका कर्मचारीले नपुग्ने भएकाले हामीले प्रहरी प्रधान कार्यालयबाट थप जनशक्ति माग गरेका छौं,’ एआईजी पालले लोकान्तरसँग भने, ‘हेडक्वार्टरमा तयारी अवस्थामा फौज छ, आवश्यक परेको खण्डमा तुरुन्त परिचालन भइहाल्छ ।’

नेपाली कांग्रेसको सोमवारको प्रदर्शन र नेकपा प्रचण्ड–माधवकुमार नेपाल पक्षको मंगलबारको प्रदर्शनलाई लक्षित गरी प्रहरीले थप जनशक्ति मगाएको एआईजी पालले बताए ।

पूर्व प्रधानमन्त्री समेत आन्दोलनमा उत्रिएपछि उपत्यकाको सुरक्षालाई व्यवस्थित गर्नका लागि थप चुनौती देखिने प्रहरीको बुझाइ छ ।

त्यसलाई व्यवस्थापन गर्न र कार्यकर्ताहरूबाट निम्तिन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाइएको एआईजी पालले बताए ।

पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नजिकबाट निगरानी गर्नका लागि सादा पोशाकका प्रहरीहरू समेत खटाएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीले जनाएको छ । 

‘आन्दोलनमा विप्लवका कार्यकर्ताको घुसपैठ भएर अप्रिय घटनाहरू नघटाऊन् भन्नका लागि क्लोज सर्किटमा सादा पोशाकका प्रहरी खटाएका छौं,’ एआईजी पालले भने, ‘विप्लवका कार्यकर्ताहरूको निगरानी पनि गरिराखेका छौं ।’

संसद् विघटनपछि देखिएको राजनीतिक गतिविधिले काठमाडौं जिल्लाको सुरक्षा चुनौती अझै जटिल बनेको छ ।

आन्दोलनलाई मध्यनजर गर्दै उपत्यकामा करीब ४ हजारको हाराहारीमा प्रहरी परिचालन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । 

एसएसपी सिंहका अनुसार काठमाडौं सुरक्षालाई मध्यनजर गरेर महानगरीय प्रहरी कार्यलय र प्रहरी प्रधान कार्यलयमा फौज तयारी अवस्था रहेको  र आवश्यक परेको खण्डमा जनशक्ति थप हुने छन् । 

अहिलेको अवस्थामा काठमाडौंको सुरक्षा व्यवस्था सामान्य रहेको एसएसपी सिंहले लोकान्तरलाई बताए । 

यस्तै ललितपुर जिल्लामा हुने आन्दोलन र जुलुसका कार्यक्रमलाई मध्यनजर गरेर करीब १५ सय जनशक्ति परिचालन गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । 

‘हामीले सोमवारकै आन्दोलनलाई मध्यनजर गरेर ५ सय प्रहरी परिचालन गरेका छौं,’ एसएसपी बज्राचार्यले भनिन्, ‘यदि थप जनशक्ति आवश्यक परेको खण्डमा ५ सय जना तयारी अवस्था छन् र अझ थप आवश्यक परेको खण्डमा प्रहरी प्रधान कार्यालयबाट पनि मगाउने तयारीमा छौं ।’

अहिले उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, महानगरीय अपराध महाशाखा, लगायतमा गरी उपत्यकामा ६ हजारभन्दा धेरै प्रहरी परिचालन भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x