स्वदेशी हैप्पी न्यू इयर (कविता)

इन्दु तोदी 

कठ्यांग्रिएर झरी सके सबै पात,


Advertisement

हुन थाले निष्ठुरी दिन अनि रात।

वन बृक्ष लता फूल सबै उदास, 


Advertisement

बालक बृद्धहरुका साथ दिन छोड़े हात।

काम्दै छन् वस्त्र अभावमा गरीबहरुका आंग, 

गाउदैन कोइली ,नाच्दैन मयुर, 

सुनिदैन अब त बिहानीपख गौंथलीको राग।

शीतका आँशु झार्दैछिन् रात्री, 

गरीब अनुहारको खुशी पनि भयो धराप ,

मानिदैन बेला यति शुभ ,लगन, काज फलिफाप।

यस्तो बेलामा पर्छ अग्रेंजी नयाँ साल,  

के साँच्ची नै बोकी ल्याउँछ त यसले हर्ष वा घन्काउँछ उत्कर्ष को ताल ? 

के छैन तपाईलाई आफ्नो संस्कृति वा सभ्यता को भान ?

कि छैन हजुर का नजरमा स्व रीतको केही सम्मान  ??

बिदेशी सभ्यताको थोत्रो जामा पहिरिई किन हामी इतरिएका ?

मातृभाषा अनि संस्कारको पतन आफै गरेर गर्व गरी रहेका ?

छ विश्व कै महानतम,सुन्दर संस्कृति र पर्वहरु स्वदेशी ,

दासता अनि बन्धन बाट मुक्त होऔं खोक्रो ढर्रा मिल्काऔं विदेशी।

बैशाख महिना जब पलाउँछन् हांगा हांगामा पात,घर घर खुशियाली हुन्छ  बास,

सजिन्छ उमंगहरुले धरती आकाश।

सुनाउँने छिन् अनि प्रकृतिले सुमधुर साज,

रविले पनि फेर्ने छ निर्धक्कले स्वास।

भरिभराऊ हुने छन् सबैका अन्न धनका भन्डार।

चम्किने छन् सबै मलीन भएका अनुहार। 

सुनिने छ डाली डाली कोइलीको मिठो आवाज,

रहदैन तब जाडो कुहिरो र शीतको त्रास।

जब आउने छ सुहाउँदो महिना बैशाख, 

लिएर आउँनेछ खुशीहरुको अनगनित सौगात

त्यसैमा रमाएर साथ,मिलाएर हात मनाउनु पर्दछ, 

आफ्नै स्वदेशी नयाँ साल हर्ष र गर्वका साथ ।

कमेन्ट गर्नुहोस्