×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेशमा प्रचण्डलाई झड्का - पूर्वमाओवादीका ६ सांसद ओलीतर्फ

पुस १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ठूलो झड्का लागेको छ । जनयुद्धकाल देखि नै प्रचण्डको साथमा रहेका पूर्व माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसदहरु नेकपाको केपी शर्मा ओली पक्षमा लागेका छन् ।

Muktinath Bank

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट साविकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका प्रदेश सांसद रामचन्द्र मण्डलसहित कून ६ जना प्रचण्ड पक्षधर नेताहरु ओलीतर्फ लागेका छन् । सांसद मण्डल प्रदेश सभामा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति पनि हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मण्डलका अनुसार सिरहाको निर्वाचन क्षेत्र नम्बर ४(क) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित दिलिपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बाराको ३(क)बाट निर्वाचित ज्वाला कुमारी साह, बाराका समानुपातिक सांसद मोहम्मद समिर, सिरहाबाट समानुपातिक सांसद फुलियादेवी सदायसहित कूल ६ जना पूर्वमाओवादीको तर्फका सांसदहरु ओली पक्षमा खुलेर  लागेका छन् । दिलिप कुमार साह मातृकाप्रसाद यादवका पूर्वज्वाइँ पनि हुन् ।


Advertisment
Nabil box
Kumari

‘आफू शिक्षकको जागिरलाई त्यागेर शुरू देखि नै बलिदानी हुनका निम्ति माओवादीमा लागेको व्यक्ति हूँ,’ धनुषाका सांसद मण्डलले लोकान्तरसँग भने, ‘तर, अध्यक्ष प्रचण्डले माओवादलाई तिलाञ्जली दिँदै, क्रान्ति सँग गद्दारी गर्दै आफ्नो व्यक्तिगत लाभ, सत्ता स्वार्थ र परिवारवादमा मात्र केन्द्रित भएका कारण पूर्वमाओवादी खेमा छोडेर ओली खेमामा लागेको हो । ’

Vianet communication
Laxmi Bank

प्रचण्डले मधेशमा नेता भनेको मातृकाप्रसाद यादवलाई मात्र बुझ्ने तथा अन्य नेताहरु प्रभु साहसहित प्रतिभाशाली नेताहरुलाई स्थान कहिल्यै नदिने गरेको कारण समेत कतिपय नेताहरुमा प्रचण्डप्रति असन्तुष्टि रहेको उनले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x