×

NMB BANK
NIC ASIA

प्रदेश २ मा पनि नेकपा विभाजनको असर: संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव, कुन नेता कता ?

पुस १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

Muktinath Bank

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षधर १७ जना प्रदेश सभा सदस्यले मण्डलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका संसदीय दलका नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड–नेपाल पक्षका सांसद शत्रुघन महतो नेकपामा कुल ३२ जना सांसदमध्ये आफूहरूतर्फ २० जना सांसद रहेको दाबी गर्छन् ।


Advertisment
Nabil box
Kumari

‘नेकपा संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वास प्रस्ताव उपनेताकोमा लगेर दर्ता गराउनुपर्ने हुन्छ, सोही प्रावधान अनुसार मण्डलविरुद्ध पुस १५ गते नै प्रस्ता दर्ता गराइसकेका छौं,’ महतोले लोकान्तरसँग भने, ‘दलको उपनेता यादवले आइतबार संसदीय दलको बैठक बोलाउनका लागि प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचू लुंगेलीलाई आग्रह गर्नेछन् ।’

Vianet communication
Laxmi Bank

एकीकरणअघि तत्कालीन एमालेका २१ र नेकपा माओवादी केन्द्रका ११ सांसद थिए । तत्कालीन एमालेमा संसदीय दलको नेताका लागि चुनाव हुँदा मण्डललले कुल १२ मत पाएका थिए । अर्का उम्मेदवार उम्मेदवार शत्रुघन महतोको पक्षमा ८ जना सांसदले मत दिएका थिए । एकजना सांसद तटस्थ बसेका थिए । एमालेको संसदीय दलका नेतामा निर्वाचित भएका मण्डल माओवादीसँग एकता भएपछि पनि दलको नेता कायम रहेका थिए । 

त्यतिबेला मण्डलका पक्षमा मतदान गर्ने कतिपय सांसदले अहिले भने प्रचण्ड–नेपाल पक्षमा हस्ताक्षर गरेका छन् ।

सांसद महतोका अनुसार साविकको एमालेका गोविन्दबहादुर न्यौपाने, अशोककुमार यादव, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जुकुमारी यादव, रविन्द्र बैठा धोबी, बेचु लुंगेली, शत्रुघन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा, हसिमा खातुनसहित कुल १३ सांसद आफूहरूको पक्षमा रहेको महतो बताउँछन् । 

त्यसैगरी पूर्व माओवादी केन्द्रका कुल ११ जना सांसदहरू मध्ये जगतप्रसाद यादव, प्रमिलाकुमारी यादव, भरतप्रसाद साह, रामकुमार यादव, रूबीकुमारी कर्ण, फुलिया देवी सदायसहित कुल ६ जना सांसदहरू आफूहरूको पक्षमा रहेको उनको कथन छ । 
‘३२ जनामध्ये अहिले हामीसँग कुल १९ जनाले त हस्ताक्षर नै गर्नु भएको छ, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा काठमाडौंमा रहनुभएका कारण अविश्वास प्रस्तावमा हस्ताक्षर हुन सकेको थिएन,’ महतोले भने, ‘तर, पुस १६ गते प्रदेश कमिटीको विस्तारित बैठकमा उहाँ आएर उपस्थितिमा हस्ताक्षर समेत गर्नु भएका कारण उहाँ पनि हामीहरूकै पक्षमा खुल्नुभएको छ ।’

त्यसैगरी अन्य तीन जना सांसदमध्ये पूर्व एमालेका दुईजना सांसद लगनलाल चौधरी र अनिताकुमारी यादव, पूर्व माओवादीका सांसद दिलिपकुमार साह भने अहिले तटस्थ रहने, केही दिनमा आफूहरूको पक्षमा आउने बताएको महतोले बताए । 

नयाँ संसदीय दलको नेतामा को चयन हुने भन्ने कुरा संसदीय दलको बैठकबाट निर्णय लिइने उनले बताए । नेकपा अनौपचारिक रूपमा विभाजित भएपछि सांसदहरूलाई आफ्नो पक्षमा तानातान गर्ने प्रयास दुवै समूहमा भने जारी छ । 

सबै तहमा दुईतिहाइ रहेको प्रचण्ड–नेपाल पक्षको दाबी   

प्रचण्ड–नेपाल पक्षको प्रदेश स्तरीय विस्तारित बैठकबाट हरेक तहमा आफूहरूको दुईतिहाइ बहुमत रहेको पुष्टि भएको प्रदेश कमिटीका सह–इञ्चार्ज नागेन्द्र चौधरीले बताए ।

उनका अनुसार २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने कुल ६४ जना केन्द्रीय सदस्यमध्ये ४५ जना, प्रदेश कमिटीका कुल २१४ जना मध्ये १३४ जना आफूहरूको पक्षमा रहेको तथा १२ जना अलमलमा रहेको चौधरीले बताए । त्यसैगरी प्रतिनिधि सभामा कुल १६ जनामध्ये ११ जना र राष्ट्रिय सभामा कुल ४ जनामध्ये २ जना आफूहरूको पक्षमा रहेको उनले बताए । 

प्रदेश कमिटीका इञ्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेल ओली खेमामा गएपनि सह–इञ्चार्ज विश्वनाथ साह, नागेन्द्र चौधरी र महेन्द्र पासवान भने प्रचण्ड नेपाल पक्षमा छन् । 

शीर्ष नेता विभाजित     

नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर २ नम्बर प्रदेशमा पनि परेको छ । 

केपी शर्मा ओलीको नेतृत्वको एउटा समूह तथा पुष्पकमल दाहाल र माधवकुमार नेपालको अर्को समूह गरेर नेकपाका शीर्ष नेताहरू समेत विभाजित बनेका छन् ।

२ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुर रहेको धनुषा जिल्लामा भने नाम चलेका अधिकांश नेता प्रचण्ड नेपाल खेमामा लागेका छन् ।

स्थायी कमिटी सदस्यहरू मातृकाप्रसाद यादव, गणेश साह, केन्द्रीय कमिटी सदस्यहरू रामचन्द्र झा, रतनेश्वर लाल गोइत, यदुवंश झा, श्रीप्रसाद साह, शत्रुघन महतो, महादेव यादव, बोधमाया यादव, सुधिर साह सहितका प्रभावशाली नेताहरू प्रचण्ड –नेपाल समूहमा छन् ।

त्यसैगरी स्थायी कमिटी सदस्य रघुवीर महासेठ र उनकी श्रीमती समेत रहेकी नेतृ जुली महतो भने ओली समूहमा छन् । 

महोत्तरीमा प्रभावशाली नेताहरूमध्ये स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्य रामकुमार शर्मा प्रचण्ड–नेपाल समूहमा छन् भने केन्द्रीय सदस्यहरू रामविलास मण्डल र सरोजकुमार यादव ओली समूहमा छन् । रौतहटमा स्थायी कमिटी सदस्य प्रभु साह ओली समूहमा छन् भने माधवकुमार नेपाल आफैं प्रचण्ड–नेपाल समूहमा छन् । 

सप्तरीमा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र केन्द्रीय सदस्य सुमन प्याकुरेल ओली समूहमा छन् भने केन्द्रीय सदस्य उमेश यादव, रामपृत पासवान, अमर मण्डलसहितका नेताहरू प्रचण्ड–नेपाल समूहमा छन् ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x