×

NMB BANK
NIC ASIA

निर्वाचनको तयारीमा प्रहरी : सडक आन्दोलनले थप्यो चुनौती, छैन पर्याप्त गाडी

पुस १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति घोषणा भएसँगै देशभरका विभिन्न स्थानमा विरोध र जुलुसका कार्यक्रम भइरहेका छन् ।

Muktinath Bank

विरोध र जुलुसका कार्यक्रम भैरहँदा अप्रिय घटना हुन नदिनका लागि प्रहरीहरूको बाक्लो तैनाथी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिनदिनैको जुलुस, सभा सम्मेलन र त्यसमा पनि पूर्व प्रधानमन्त्रीहरू नै सडकमा आइरहेको अवस्थामा प्रहरीलाई उनीहरूलाई सुरक्षा दिनका लागि हम्मेहम्मे भएको छ ।


Advertisment
Nabil box
Kumari

यही बीचमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हिंसात्मक गतिविधिहरू पनि गरिरहेको छ । यस्तो अवस्थाका बावजुद पनि नेपाल प्रहरी आगामी निर्वाचनका लागि तयारीमा जुटेको छ ।

Vianet communication
Laxmi Bank

निर्वाचनको तयारीका लागि सुरक्षा व्यवस्था मिलाउन प्रहरी र गृह मन्त्रालयको निर्वाचनको सुरक्षाको विषयमा छलफलका लागि बैठकहरू भइरहेका छन् । 

प्रहरी प्रधान कार्यालय एक उच्च अधिकारीले लोकान्तरलाई बताएअनुसार बुधवार गृहमन्त्रालयमा निर्वाचनको विषयमा बैठक बोलाइएको थियो । 

त्यसमा लागि प्रहरी प्रधान कार्यालयका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहभागी भएका थिए ।

सरकारले निर्वाचनको मिति घोषण गरेसँगै निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका बारेमा बैठक बस्नु स्वाभाविक भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए । 

‘निर्वाचनको मिति घोषणा भएसँगै सुरक्षाको विषयमा बैठक हुनु स्वाभाविक हो,’ प्रवक्ता बुढाले भने, ‘अन्य सुरक्षाका लागि पनि नियमित बैठकहरू भइरहन्छन् ।’

छोटो समय र सुरक्षा चुनौतीका बावजुद पनि नेपाल प्रहरीले चुनाव भयरहित र व्यवस्थित गराउनका लागि तयारी थालिसकेको बताएको छ । 

‘सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्नु नेपाल प्रहरीको दायित्व हो, त्यसका लागि प्रहरी जुनकुनै समयमा पनि तयारी अवस्थामा हुन्छ,’ प्रहरीका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘त्यसका लागि अहिले हामीले तालुकवाला मन्त्रालयसँग मिलेर योजना बनाइरहेका छौं ।’

चुनावमा उठ्ने उम्मेदवारको सुरक्षादेखि लिएर, त्यो समयमा हुने हिंसात्मक गतिविधिलाई निगरानी राख्नु, मत ब्यालेटको सुरक्षा गर्नु, धाँधलीरहित चुनाव गराउने जिम्मेवारी मूलतः प्रहरीको काँधमा हुन्छ ।

छोटो समयमा चुनावको सम्पूर्ण सुरक्षाको व्यवस्था गर्नु, बन्दोबस्ती लगायतका तयारी गर्नु प्रहरीको लागि चुनौतीपूर्ण नै छ ।

चुनावका लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्नादेखि तिनीहरूलाई तालिम दिएर मतदान स्थलसम्म सुरक्षाका लागि खटाउन त्यसै पनि समय लाग्ने गर्छ, तर अहिले प्रहरीलाई ५ महिनामा यी सबै काम गर्नुपर्ने बाध्यता छ । 

पछिल्लो समयमा भएको राजनैतिक अस्थिरताले त्यत्तिकै पनि सुरक्षा चुनौती थपिएको समयमा चुनावका लागि अर्को तयारीमा जुट्नु थप चुनौती हो जसको लागि समय निकै थोरै छ ।

भौगोलिक हिसाबले निकै विकट क्षेत्रमा मतदान स्थलको सुरक्षा तयारी त्यहाँसम्म ब्यालेटको सुरक्षा र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको हिंसात्मक गतिविधिलाई निगरानी गर्दै चुनाव गराउनु अर्को चुनौती हो ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि र दिनप्रदिनको सुरक्षालाई मध्यनजर गर्दै घोषित चुनावको मितिलाई पनि मध्यनजर गर्दै नेपाल प्रहरीले चुनावका लागि आवश्यक पर्ने सुरक्षासहित पूर्व तयारीको काम शुरु गरिसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।

‘सरकारले घोषणा गरेको चुनावलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षा सहितको तयारी थालिसेका छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘र भइरहेका चुनौतीहरूलाई व्यवसायिक रूपमा ट्याकल गर्ने, समाधान गर्ने र समान्यीकरण गर्नेतर्फ काम कारवाही भइराखेका छन् ।’

राजनीतिक गतिरोधपछि देशमा देखिएका विरोधका कार्यक्रमहरू र गतिविधिलाई रोकथामका लागि स्थानीय प्रशासन ऐन– २०२८ अनुसार प्रहरी परिचालन भएर यसलाई नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, समाधान गर्ने र व्यवस्थापनको काम प्रहरी गर्ने एसएसपी कुँवरले बताए ।

सरकारले भर्खरै चुनाव घोषण गरेको अवस्थामा प्रहरीलाई आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी लगायतका चुनावलाई आवश्यक पर्ने सबै प्रकारका बन्दोबस्तीका कामहरू ‘वर्कआउट’ गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

‘छोटो समयमा हुन लागेको चुनावका लागि आवश्यक पर्ने बन्दोबस्ती, म्यादी प्रहरी भर्ना लगायतका काममा हामीले वर्कआउट गरिरोखको छौं,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘चुनाव भयरहित वतावारणमा निष्पक्षरूपमा गराउनका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ ।’

चुनावलाई व्यवस्थित र भयरहित बनाउन नेपाल प्रहरी सक्षम रहेको र विगतका अनुभवका कारण पनि सहज हुने प्रवक्ता कुँवरले बताए ।

निर्वाचनका लागि प्रहरीलाई गाडी अपुग

आगामी वैशाखमा हुने भनिएको निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधन पर्याप्त नरहेको प्रहरीले जनाएको छ । 

अघिल्लो चुनाव हुँदा निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू उपलब्ध नभएका कारणले यसपालिको निर्वाचनका लागि सवारी साधन आवश्यक पर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 

‘यसपालिको चुनावका लागि सवारी साधनहरू छैनन् । अघिल्लो चुनावमा सवारी साधन नआएकाले अहिले नभएको हो,’ स्रोतले भन्यो, ‘प्रहरीसँग भएका सवारी साधनहरू अहिले नै अपुग भएको अवस्था छ । चुनावका लागि त चाहिन्छ नै, सरकारले आवश्यक बजेट छुट्टयाउला ।’

यता निर्वाचन आयोगले भने केही दिनमा निर्वाचनको तालिका घोषणा गर्न लागेको बताएको छ । 

‘छिट्टै निर्वाचन तालिका घोषणा गर्ने तयारीमा छौं । जिल्लाहरूमा भएका निर्वाचन सामग्री र सवारी साधनहरूको अवस्थाको पूर्ण विवरण आउन बाँकी भएकाले तालिका घोषणा गर्न ढिला भएको हो,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरसँग भने ।

सबै तयारी पूरा भइसकेपछि पत्रकार सम्मेलन गरेर निर्वाचनको तालिका घोषणा गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x