×

NMB BANK
NIC ASIA

हाछेथुको नयाँ प्लान : ललितपुरका नगर प्रहरीलाई सवारी जाम व्यवस्थापनसम्बन्धी तालिम

पुस १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर महानगरपालिकाले नगर प्रहरीलाई ट्राफिक प्रहरीको तालिम दिन शुरू गरेको छ । 

Muktinath Bank

ललितपुर महानगरपालिकाका नगर प्रहरीको वृत्ति विकास र दिनदिनै बढ्दै गएको सवारी जामलाई मध्यनजर गरेर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनको तालिम दिन शुरूआत गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानरपालिकाको सुन्दरतालाई बढाउनका लागि नगर प्रहरीको पनि भूमिका हुने भएकाले त्यसलाई मध्यनजर गरेर महानगरभित्रका गल्लीहरूमा ‘पिक आवर’मा ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले तालिम दिन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।


Advertisment
Nabil box
Kumari

‘जनताको करबाट तलब खाएपछि नगरवासीलाई सेवा दिनु हाम्रो दायित्व भएकाले थप सेवा दिन सकौं र नगरको सवारी जामलाई कम गर्न केही मद्दत होस् भन्ने हिसाबले तालिम दिन थालेको हौं,’ प्रमुख हाछेथुले लोकान्तरसँग भने, ‘यसले नगरवासीलाई थप सेवा दिन सक्छौं भन्ने हाम्रो विश्वास हो ।’

Vianet communication
Laxmi Bank

तालिममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रशिक्षक प्रहरी हवल्दार कमल कुवँरले तालिम दिनेछन् । 

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरीय ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको सल्लाहमा नगर प्रहरीलाई तालिमको आयोजना गरिएको हाछेथुले बताए । 

तालिम इन्डोर र आउटडोर गरी दिनमा १ घण्टाका दरले १५ दिनसम्म चल्ने छ । 

नगर प्रहरीलाई आउटडोरअन्तर्गत सवारीलाई कसरी रोक्ने, पास कसरी गराउने, लगायतका तालिम दिइनेछ ।

सवारी संकेत, ट्राफिक नियम, भीआईपी सवारी लगायतका विषयमा इन्डोर तालिम दिने प्रमुख हाछेथुले बताए । 

महानगरभित्र हुने जाममा ट्राफिक प्रहरीलाई सहयोग गर्नका लागि प्रमुख सीताराम हाछेथुको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको छ ।

त्यो टोलीले महानगरभित्र सवारी जाम भएको ठाउँमा जाम हटाउनका लागि सहयोग गर्ने छ ।

नगर प्रहरीले फूटपाथ व्यवस्थापनमा मात्रै काम गर्ने भन्ने सोचाइलाई चिर्ने उद्देश्यले महानगरलाई कुरुप देखाउने गरी छरिएका तारहरू, सडक छेउमा रहेका मापदण्डविपरीतका मोटरसाइकल वर्कशपहरू हटाउने काम गर्दै आएको हाछेथुले बताए ।

‘हामी फूटपाथमा राखेका पसल हटाउने भन्दा पनि राख्नै नदिने अभियानमा छौं,’ उनले भने, ‘किन अरूको पैसा खेर फालिदिनु, बरू राख्नै नदिने नि !’

ललितपुर महानगरपालिकामा १५ जना महिलासहित ७३ जना नगर प्रहरी छन् जसमा २३ जना स्थायी र ५० जना अस्थायी छन् ।

मोबाइल एप ल्याउँदै नगर प्रहरी

महानगरपालिकाभित्र हुने कामलाई छिटो–छरितो गर्न र प्रविधि मैत्री बनाउनका लागि केही समयमा मोबाइल एप्स ल्याउन लागेको प्रमुख सीताराम हाछेथुले बताए । 

‘अहिले प्रविधिको जमानामा सबैलाई छिटो र छरितो रूपमा काम चाहिन्छ त्यसका लागि हामीले नगर प्रहरी एप्स ल्याउन लागेका छौं,’ प्रमुख हाछेथुले लोकान्तरसँग भने ।

एप्समा महानगरभित्र भएका तारलाई व्यवस्थापन गर्न, ढल फुटेको, फूटपाथमा पसलहरू राखेको कुरा फोटो खिचेर पठाउन सकिनेछ । त्यस्तो म्यासेज आउनसाथ नगर प्रहरी त्यसको व्यवस्थापनका लागि खटिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x