×

NMB BANK
NIC ASIA

विभाजनअघि बैठक बस्नै 'सकस' पर्ने सत्तारूढ नेकपा विभाजनपछि दुवै पक्षले धमाधम कार्यकर्ता भेला गर्न थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी कामका लागि बालुवाटारबाट बाहिर ननिस्कने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अहिले कार्यकर्ता भेलामा कहिले निजी पार्टी प्यालेस त कहिले प्रज्ञा प्रतिष्ठान धाउन थालेका छन् । केही दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेश पनि पुग्ने उनको तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीविरुद्ध मोर्चाबन्दी र पार्टीको आन्तरिक कलहमा व्यस्त रहने प्रचण्ड-माधव नेपाल पक्ष पनि अहिले सडकदेखि जनताको घरदैलोमा पुगिरहेको छ ।


Advertisment
Nabil box
Kumari

गत साल माघ १९ गते सम्पन्न तत्कालीन एकीकृत नेकपाको केन्द्रीय कमिटी बैठकले केही दिनमा पार्टी एकीकरण प्रक्रिया टुंग्याएर देशैभर जनतासँग जोडिन अभियान शुरू गर्ने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

पार्टी एक रहँदासम्म जनताकहाँ पुग्ने कुनै कार्यक्रम तय गर्न नेकपाले सकेन । यद्यपि कोभिड- १९ का कारण नेकपाको राजनीतिक गतिरोध पनि कायमै रह्यो ।

केन्द्रीय कमिटी बैठकपछि नेकपा ध्रुवीकृत हुन शुरू गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्ला सार्वजनिक अभिव्यक्तिहरूमा 'पार्टीले गति लिने भयो भनेरै ओली पक्षको टाउको दुख्न शुरू भएको' आरोप लगाउने गर्छन् ।

ओली पक्षको दाबी भने प्रचण्डले पार्टी विभाजनकै लागि ओलीमाथि फौजदारी अभियोगसहित आरोप पत्र पेश गरेको भन्ने छ ।

विवाद बढ्दै जाँदा भेला, सभा सम्मेलन भएनन्, बरू सचिवालय र स्थायी कमिटी बैठक बस्न पनि हम्मेहम्मे पर्दै गयो ।

सचिवालय बैठक बोलाउनुपर्ने भन्दै बहुमत सचिवालय सदस्यले ओलीसमक्ष पत्र लेख्नुपर्ने परिस्थितिसमेत पार्टीले बेहोरेको थियो ।

पार्टीको केन्द्रीय कमिटीलाई 'सडक छाप' र स्थायी कमिटीलाई ओलीले 'हुल्लडबाज'को संज्ञा दिने गरेका थिए ।

बैठक बस्न ओलीको अरुचि!

ओली असार १० गतेदेखि शुरू भएको स्थायी कमिटी बैठकमा जान रुचि देखाएनन् । मन लाग्दा बैठकमा जाने, नलाग्दा नजाने ओलीको रवैयाको बैठकमै विरोध भएको थियो । त्यस्तै केन्द्रीय कमिटी बैठक बोलाउन पनि ओलीले अनिच्छा व्यक्त गरेका थिए ।

त्यसअघि वैशाख ८ गते ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरूले तत्काल बैठक बोलाउन हस्ताक्षर गरे । ओलीले त्यसलाई पनि टेरपुच्छर लगाएनन् ।

विधानतः बैठक माग गरेको १५ दिनभित्र बैठक बस्नुपर्ने थियो । तर ओलीले बैठकमा 'आफ्नो आलोचना गर्न नपाइने' पूर्वशर्त राखे ।

वैशाख २५ गते बस्नुपर्ने स्थायी कमिटीको बैठकलाई ३० गतेसम्म धकेलियो । सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा मात्र छलफल हुने गरी ३० गते एक दिनका लागि स्थायी कमिटी बैठक बस्न सकेको थियो ।

गत भदौ २६ गते समापन भएको स्थायी कमिटी बैठकले पार्टीभित्रको विवाद तत्कालका लागि समाधान गरेको थियो ।

प्रचण्डले पार्टी हेर्ने, ओलीले सरकार हेर्ने र महत्त्वपूर्ण विषयमा दुवै अध्यक्षले सल्लाह गरेर काम गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको थियो ।

नयाँ विवाद खडा भएपछि बैठकका लागि तोकादेश !

त्यसपछि राजदूत नियुक्ति, मन्त्रीमण्डल पुनर्गठन, कर्णाली प्रदेशमा देखिएको विवाद र प्रधानमन्त्रीले भारतीय जासुसी संस्था 'रअ' प्रमुखलाई भेटेको मुद्दा असन्तुष्ट पक्षले उठाएपछि विवाद पुनः नयाँ स्वरूपमा खडा भएको थियो ।

कात्तिकको तेस्रो साता प्रचण्ड लगायतका बहुमत सचिवालय सदस्यले ओलीलाई पत्र बुझाउँदै तत्काल सचिवालय बैठक बोलाउन माग गरे । तर ओली तयार भएनन् । दुवै पक्षले पत्रमार्फत एकले अर्कालाई आक्षेप लगाउन शुरू गरे ।

अन्ततः कात्तिक २८ गते सचिवालय बैठक बस्न सम्भव भयो । २८ गतेको बैठकले मंसिर ३ गते बैठक बस्ने गरी नयाँ मिति तय गर्‍यो ।

प्रचण्डले प्रस्तावका रूपमा पेश गरेको ओलीमाथिको आरोप पत्र फिर्ता हुनुपर्ने ओलीको माग थियो । तर प्रचण्ड-नेपाल पक्षले सबै डकुमेन्टमाथि बैठकमै छलफल हुनुपर्ने अडान लिएका थिए । तर मंसिर ३ गतेको सचिवालय बैठकमा ओली सहभागी बने ।

पुस ५ गते नेकपाको अन्तिम स्थायी कमिटी बैठक !

त्यसपछि मंसिर १५ का लागि तय गरिएको स्थायी कमिटी बैठक पटक-पटक सारियो ।

सिंगो पार्टी नेकपाको अन्तिम स्थायी कमिटी बैठक पुस ५ गते बस्यो । त्यसअघि पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली उपस्थित भएनन् । बरू ओलीले दोस्रो पटक जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा पुर्‍याइएको समावेदन फिर्ता गर्ने सहमति बन्यो ।

पुस ५ गते स्थायी कमिटी बैठक बस्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने प्रस्ताव पारित गर्‍यो ।

उक्त सिफारिश लिएर ओली राष्ट्रपति कार्यालय पुगे । मन्त्रिपरिषद्ले सिफारिश गरेको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरिदिइन् । नयाँ निर्वाचन वैशाख १७ र २७ गतेका लागि तोकियो ।

राष्ट्रपतिबाट संसद् विघटन घोषणा हुँदा नेकपाका स्थायी कमिटी सदस्यहरू बालुवाटारमै थिए । बैठक शुरू हुन सकिरहेको थिएन । त्यसपछि ओलीपक्षीय नेताहरू साइड लागे ।

प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी बैठक केहीबेर बस्यो र ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्‍यो ।

पार्टी विभाजनपछि भेला र सम्मेलनको बाढी !

संसद् विघटन गरिएपछि नेकपा राजनीतिक रूपले दुई चिरा भइसकेको छ । अलग-अलग केन्द्रीय कमिटी बैठक बसेर एकले अर्कालाई कारवाही गर्नेदेखि लिएर आरोप-प्रत्यारोप लगाउने शिलसिला जारी छ ।

पुस ७ गते अपराह्न १ बजे प्रचण्ड-नेपाल पक्षले बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको आयोजना गर्‍यो ।

त्यही दिन बिहान ९ बजे ओली पक्षले बालुवाटारमा अर्को केन्द्रीय कमिटी बैठक आयोजना गरेको थियो ।

ओली पक्षीय केन्द्रीय कमिटीमा सदस्यहरूको संख्या थप गरेर १ हजार ९९ पुर्‍याइयो ।

उता बबरमहलमा बसेको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारवाही गरेर अध्यक्षबाट निकाल्यो र वरिष्ठ नेता रहेका माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनायो । एकले अर्कालाई खुइल्याउने काम त्यहीँबाट शुरू भयो ।

अहिले दुवैतिरका नेताहरू देशव्यापी दौडाहामा लागेका छन् ।

संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन छ तर दुवै पक्षले अदालतको फैसलालाई प्रभावित पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

त्यसयता दुवै पक्षले देशव्यापी रूपमा भेला र सम्मेलन तीव्र बनाएका छन् ।

आफूलाई मध्यमार्गी भन्न रुचाउने एक स्थायी कमिटी सदस्यको गुनासो छ – 'पार्टी एकीकृत हुँदा नै यसरी भेला र सम्मेलनहरू गर्न पाएको भए, नेकपाको हाइट कहाँ पुग्थ्यो होला ? अहिले एकले अर्कामाथि पोल खोलाखोल गरिएको छ, खुइल्याउन खोजिएको छ । बैठकको नाम सुन्दा तर्सिने प्रधानमन्त्रीलाई भेला र सम्मेलनमा हिँड्दा फुर्सद छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x