माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पुस २०, २०७७
प्रदेश नम्बर २ प्रदेश सभाका सभामुख सरोजकुमार यादवले चारवटा सरकारी सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सभामुख यादवले प्रदेश सभा सचिवालयको चारवटा गाडी प्रयोग गर्ने गरेका हुन् ।
यादवले प्रदेश २–००१झ००१३, प्रदेश २–००१झ००१४, प्रदेश २–००१झ००३२ र प्रदेश २–००१झ००३४ नम्बरको सरकारी गाडी प्रयोग गर्ने गरेका छन् । चारवटा गाडी चढ्ने गरेको भए पनि आफूले आफ्नो नाममा एउटा पनि गाडी सचिवालयबाट नबुझेको सभामुख यादव बताउँछन् । चारवटा गाडीमध्ये दुईवटा गाडी त झण्डावाल रहेको उनले बताए ।
‘प्रदेश सभा सचिवालयमा दुईवटा गाडी राखेको छु, एउटा बिग्रियो भने विकल्पमा अर्को चढ्ने भनेर दुईवटा गाडी राखिएको छ,’ सभामुख यादवले भने, ‘त्यसैगरी काठमाडौं समेत जानु पर्दा त्यहाँ पनि झण्डावाला गाडी चढ्नुपर्ने हुनाले अर्को झण्डावाल गाडीलाई काठमाडौंमा राखेको छु ।’
१५/१५ दिनमा काठमाडौं जानुपर्ने त्यहाँ छुट्टै गाडी राखिएको उनले बताए ।
अर्को एउटा गाडी पछुवाको रूपमा प्रयोग भइरहेको उनले बताए । ‘मेरो सवारी हुँदा अगुवाका रूपमा प्रहरीले स्कर्टिङ गर्ने गरेको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसैगरी प्रोटोकलअनुसार एउटा गाडी पछुवाको रूपमा प्रयोग हुन्छ, त्यो पछुवाका लागि प्रदेश सभा सचिवालयले गाडी उपलब्ध गराएको छ ।’
प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार प्रदेशमा कुल चारजनालाई पछुवा उपलब्ध गराउने गरिएको छ ।
प्रदेश प्रमुख तिलक परियारलाई नेपाली सेना सहितको पछुवा, मुख्यमन्त्री लालबाबु राउतलाई नेपाली सेनाको पछुवा, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई सशस्त्र प्रहरीको पछुवा र सभामुख सरोजकुमार यादवलाई नेपाल प्रहरीको पछुवा उपलब्ध गराइएको छ ।
चारजना बाहेक प्रदेशका कुनै पनि पदाधिकारीलाई पछुवा उपलब्ध गराइएको छैन भने कुनै पनि पदाधिकारीलाई अगुवा उपलब्ध नगराइएको मन्त्री यादवले बताए । अगुवा नभए पनि ती पदाधिकारीहरूको भ्रमण हुँदा नेपाल प्रहरीले स्कर्टिङ भने गर्ने गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको प्रदेश खर्च तथा मापदण्ड निर्देशिका, २०७७ मा भने सभामुखले बढीमा १ करोड २० लाख रुपैयाँ सम्मको एउटा मात्र सवारीसाधन प्रयोग गर्न पाउने उल्लेख छ । तर, सभामुख यादवले उक्त निर्देशिकाविपरीत महंगा–महंगा चारवटा सवारीसाधन प्रयोग गर्ने गरेका छन् ।
सभामुख यादव मात्र होइन उपसभामुख उपमाकुमारी देवले पनि निर्देशिकाबमोजिम बढीमा १ करोड २० लाख रुपैयाँसम्मको एउटा मात्र सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । तर, उनले पनि दुईवटा महंगा गाडी प्रयोग गर्दै आएकी छन् ।
प्रदेश सभा सचिवालयका अनुसार उपसभामुख देवले प्रदेश २–००१झ०१०१ र ज १ झ ४६० नम्बरको दुईवटा गाडी प्रयोग गर्ने गरेकी छन् ।
‘मैले एउटा गाडी चढ्दा अर्को गाडी सचिवालयमा नै राखिएको हुन्छ,’ उनले भनिन्, ‘सचिवालयले प्रयोग गर्नका लागि किनेको प्रदेश सभा सचिवालयमा राखिएको गाडी सचिवलायको प्रमुख पदाधिकारी भएको नाताले चढ्ने गरेकी छु ।’
दल एकता भए पनि छुट्टाछुट्टै गाडी
प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीका पदाधिकारीहरूले भने साविकको दलको नेता तथा पदाधिकारीहरूको हैसियतमा नै सवारी साधन प्रयोग गर्ने गरेका छन् ।
साविकमा समाजवादी पार्टी (सपा) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयुक्त गठबन्धनमा प्रदेशमा सरकार बनेको थियो । प्रदेश सभा सचिवालयले दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधन उपलब्ध गराउने गरेको छ । जसअन्तर्गत सपाका संसदीय दलका नेता लालबाबु राउत त मुख्यमन्त्री हुन्, उनका अलावा राजपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सरकारबाट नै सवारी साधन लिएर प्रयोग गरिरहेका छन् ।
संसदीय दल एक हुँदा नेताको हैसियतमा उनले पाउने सवारी साधन फिर्ता गर्नुपर्ने हो । तर, फरक दलको संसदीय दलको नेताको हैसियतमा उनले गाडी चढि नै रहेका छन् ।
दलका नेता मात्र होइन तत्कालीन सपाका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र राजपाका प्रमुख सचेतक परमेश्वर कापडीले पनि छुट्टाछुट्टै गाडी चढेका छन् ।
सपाका प्रमुख सचेतक यादवले प्रदेश २–००१झ००१६ र राजपाका प्रमुख सचेतक सुडीले प्रदेश २–००१झ००९४ नम्बरको महिन्द्रा स्कोर्पियो चढ्ने गरेका छन् ।
२०७७ साउन २४ गते सपा र राजपा मिलेर जसपा बनेको थियो । दुवै दलको एकीकरणपश्चात जनता समाजवादी पार्टी गठन भएको महिनौं बितिसक्दा पनि जसपाले संसदीय दलको नेता तथा पदाधिकारीहरू चयन गरेर प्रदेश सभा सचिवालयमा बुझाएको छैन ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार निर्वाचन आयोगले दल एकीकरणसम्बन्धी पत्र सचिवालयमा २०७७ कार्तिक २६ गते नै पठाएको थियो ।
‘सोही पत्रलाई दर्ता गर्दै सम्बन्धित दललाई पत्र पठाएर संसदीय दलको पदाधिकारी चयन गरेर पठाउन पत्राचार गरेका थियौं, तर हालसम्म उहाँहरूले चयन गरेर सचिवालयमा नाम पठाउनु भएको छैन,’ सचिव यादवले लोकान्तरसँग भने, ‘उहाँहरूले चयन गरेर नपठाएका कारण दलका पदाधिकारीहरूको तलब भने रोक्का गरेका छौं ।’
दल एकीकरण भइसकेपछि एउटा दलको पदाधिकारीले मात्र सुविधा लिने हो, साविकका दुईवटा दलको पदाधिकारी जस्तै सुविधा लिन नमिल्ने भएका कारण तलब रोक्का गरिएको उनले बताए ।
उनीहरुको तलब रोक्का भएपनि साविकको राजपा र सपाका पदाधिकारीको हैसियतमा बुझेको सरकारी गाडी भने फिर्ता गरिएको छैन ।
पदाधिकारी नै नभएपनि गाडी !
प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद लगनलाल चौधरीले पनि सरकारी गाडी प्रयोग गरिरहेका छन् ।
उनी न संसदीय दलका नेता हुन्, न पदाधिकारी, संसदीय समितिका सभापति पनि होइनन्, तर पनि उनले बा २ झ २४०५ नम्बरको सरकारी गाडी प्रदेश सभा सचिवालयबाट बुझेर चढिरहेका छन् । ‘सार्वजनिक लेखा समितिको सभापति हालसम्म चयन हुन नसकेपछि उहाँले नै जेष्ठ सांसदको हैसियतमा लेखा समितिको बैठक बस्दा अध्यक्षता गर्नुहुन्छ, त्यसै आधारमा उहाँले सचिवालयबाट गाडी बुझ्नुभएको छ,’ सचिव यादवले भने ।
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २–००१झ००८९ नम्बरको नयाँ गाडी २०७७ साउन २० गते देखि चढिरहेका छन् । नेकपाको प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले २०७७ साउन १३ गते देखि प्रदेश २–००१झ००८८ नम्बरको गाडी सचिवालयबाट बुझेर प्रयोग गर्दै आएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले २०७७ साउन १ गते देखि प्रदेश २–००१झ००९३ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् ।
कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले २०७७ असार १४ गते देखि प्रदेश २–००१झ००९१ नम्बरको सरकारी गाडी प्रयोग गरिरहेका छन् ।
त्यसैगरी एकजना मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साहले संसदीय दलकी नेताको हैसियतमा २०७७ असार १४ गतेदेखि सरकारी गाडी प्रयोग गरिरहेकी छन् ।
संसदीय समितिका सभापतिलाई गाडी
विकास समितिका सभापति शेषअबुल कलाम आजाद, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राइन, प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल, कृषि समितिका सभापति वीरेन्द्रप्रसाद सिंह, प्रदेश मामिला समितिका सभापति अशोककुमार यादव, अर्थ तथा योजना समितिका सभापति मनिषकुमार सुमनले पनि प्रदेश सभाबाट स्कोर्पियो लिएर चढिरहेका छन् ।
करारका खरदारलाई पनि सवारी
प्रदेश सभा सचिवालयका सचिव यादवले प्रदेश २–००१झ०१०१ नम्बरको स्कोर्पियो चढ्ने गरेका छन् भने उपसचिव अरुणकुमार झाले प्रदेश २–००१झ००३८ नम्बरको गाडी चढिरहेका छन् ।
सचिवालयका एकजना चालक राघो यादवले पनि बा १ झ ९५६६ नम्बरको टाटाको पिकअप गाडी आफ्नो नाममा बुझेका छन् ।
सभामुख सरोज कुमार यादवको साविकमा स्वकीय सचिवको रुपमा काम गर्ने मुकेश चौधरीले एउटा मोटरसाइकल र एउटा स्कूटर आफ्नो नाममा बुझेका थिए । तर, उनले मोटरसाइकल फिर्ता गरे पनि स्कूटर भने हालसम्म फिर्ता गरेका छैनन् ।
सभामुख यादवका सचिवालयका कर्मचारी लालबाबु यादवले एउटा मोटरसाइकल बुझेका छन् भने उपसभामुखका स्वकीय सचिव तारकेश्वर यादवले एउटा पल्सर र अर्को प्लाटिना गरी दुईवटा मोटरसाइकल बुझेका छन् ।
यति मात्र होइन सचिवालयमा करारमा भर्ना भएका खरदारदेखि कम्प्युटर अपरेटर र स्वास्थ्यकर्मीसम्मले मोटरसाइकल बुझेका छन् । ५ वटा स्कूटर र २४ वटा मोटरसाइकल कर्मचारीहरूले बुझेका छन् भने १६ वटा साइकल भने कार्यालय सहयोगी र स्वीपरले बुझेर चढ्ने गरेका छन् । केही थान चारपांग्रे गाडी सचिवालयले कार्यालय प्रयोजनका लागि भनेर किनेर समेत जगेडामा राखेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...