सुनको मूल्य घट्यो

तोलामा २ हजार ३०० रुपैयाँले आइतवार ओरालो लागेको सुनको मूल्य सोमवार पुनः ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।


Advertisement

आइतवार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
 
तेजाबी सुन सोमवारका लागि तोलामा ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँले घटेको छ ।

आइतवार १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार भने १ हजार २३० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्