×

NMB BANK
NIC ASIA

बलिउड २०२१ : हिट कलाकारका एक से एक फिल्म प्रदर्शनको तयारीमा

पुस २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वर्ष २०२१ फाप्यो भने बलिउडले कोरोना महामारीका कारण गुमाएको धेरै नोक्सानीको क्षतिपूर्ति गर्ने देखिएको छ । 

Muktinath Bank

त्यति मात्रै होइन, २०२१ ले चलचित्र निर्देशक, निर्माता, निर्माण कम्पनी र कलाकारहरूमा एक खालको ऊर्जा दिने संकेत पाइएको छ । यो वर्ष बलिउड चम्कियो भने त्यसले नेपाली चलचित्र उद्योगलाई समेत चलायमान बनाउन ठूलो मद्दत पुग्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउड पुरानै लयमा फर्किनु भनेको कोरोना महामारीअघि जसरी दर्शक हलमा थामिनसक्नु तरिकाले भरिभराउ हुन्थे, त्यस्तै हुनु हो । तर बलिउड पण्डितहरूले भने केही चलचित्रको प्रदर्शनपछि हलमा दर्शकको उपस्थिति देखेका आधारमा मात्रै बलिउडको यस वर्षको भविष्यवाणी गर्न सक्ने प्रतिक्रिया दिएका छन् ।


Advertisment
Nabil box
Kumari

सन् २०२० बलिउडका लागि असाध्यै निराशाजनक रह्यो । दर्शकले हलमै हेर्न मज्जा आउने खालका चलचित्र छुटाउनुपरेको थियो । अर्बौं रकम चलचित्र उद्योगमा फ्रिज भएर बसेको छ । 

Vianet communication
Laxmi Bank

डिजिटल प्लेटफर्मबाट प्रदर्शन भएका कतिपय चलचित्र दर्शकका लागि सहज पहुँचमा रहेनन् । थोरै पैसामा टिकट काटेर ठूलो पर्दामा चलचित्र हेर्ने बानी पारेका बलिउड फ्यानहरूका लागि २०२१ भने असाध्यै शुभ हुने लक्षण देखिन्छ ।

अघिल्लो वर्ष प्रदर्शन हुन नसकेका केही प्रतीक्षित चलचित्रसँगै अहिले धमाधम छायांकन भइरहेका चलचित्रको लेखाजोखा गर्ने हो भने यस वर्षभरि दर्शकले एक से एक उम्दा चलचित्र हेर्न सक्नेछन् । बलिउडका सबैजसो नामी कलाकारका चलचित्र हलमा आउनेछन् । 

तर शाहरूख खान अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा आउने देखिएको छैन । उनी २०२२ मा प्रदर्शन हुने चलचित्र ‘पठान’को शूटिङमा व्यस्त छन् ।

यो वर्ष सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र हो, केजीएफ च्याप्टर २ । यो बाहुबाली पछि सबैभन्दा अपेक्षा गरिएको चलचित्र बनेको छ । केहि दिनअघि सार्वजनिक यस चलचित्रको टिजरले दर्शकका लागि झन् उत्साहित बनाएको छ । टिजर सार्वजनिक भएको ३ दिनमा १३ करोड नजिक भ्युज छ ।

यसको च्याप्टर १ ले पनि निकै राम्र्रो कमाइ गरेको थियो, दर्शकले यो चलचित्रलाई निकै रुचाएका थिए । च्याप्टर २ मा बलिउडमा ‘सञ्जू बाबा’ को उपनाम पाएका अभिनेता सञ्जय दत्तले खलनायकको भूमिका निर्वाह गरेका छन् । 

सञ्जय केही वर्ष जेल जीवन बिताएर फेरि चलचित्र उद्योगमा सक्रिय छन् । उनी आफैंका लागि यो चलचित्र सबैभन्दा धेरै चुनौती बोकेर उभिएको छ किनभने यो चलचित्र सुपरहिट भएको खण्डमा सञ्जयका लागि अब बलिउडको बाटो सुखद हुने अपेक्षा छ ।

यदि भनेजस्तै भयो भने सन् २०२१ मा प्रदर्शन हुने प्रतीक्षित ३ दर्जन चलचित्रले निराश बलिउडको मुहार फेर्नेछन् । दर्शकले त्यसैअनुसार हलमा आए भने सन् २०२१ ले पुनः बलिउडलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

सलमान खानका ३ वटा चलचित्र प्रदर्शन हुनेवाला छन् । सन् २०२० मा प्रदर्शन हुने भनिएको चलचित्र ‘राधे’ हल जानबाट रोकियो, कोरोनाका कारण ।

यो चलचित्र आगामी ईदमा प्रदर्शन गर्नेगरी सलमानको टिमले काम गरिरहेको भारतीय मिडियाको भनाइ छ । सलमान हरेक वर्षको ईदमा आफ्नो एउटा चलचित्र प्रदर्शन गर्ने अभिनेता हुन् । 
 

राधेलाई सलमानका प्रिय निर्देशक प्रभु देवाले निर्देशन गरेका हुन् । यस चलचित्रमा दर्शकले सलमानसँगै रणदीप हुड्डा र दिशा पाटनीलाई पनि देख्न पाउनेछन् । 

यस चलचित्रको छायांकनका बेला सलमानले सार्वजनिक गरेको एक सानो दृश्यले दर्शकको ध्यान तानेको थियो । 

सलमान अभिनित चलचित्र ‘अन्तिम’ र ‘कभी ईद, कभी दिवाली’ पनि सन् २०२१ मै प्रदर्शन हुने खबर आएको छ । यदि यी दुई चलचित्र पनि प्रदर्शन भएको खण्डमा सन् २०२१ सलमान खान फ्यानले ३ वटा चलचित्र हेर्न पाउनेछन् ।

यदि लगातार प्रदर्शन भएको खण्डमा अभिनेता अक्षयकुमार अभिनित ६ वटा चलचित्र दर्शकले हेर्न पाउनेछन् । अक्षयद्वारा अभिनित र प्रदर्शन भइसकेको चलचित्र ‘लक्ष्मी’ डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन नभएको खण्डमा यो वर्ष ७ वटा चलचित्र हलमा पुग्ने सम्भावना थियो । 

त्यसो त सन् २०२१ मै अक्षयका सबै चलचित्र प्रदर्शन गर्ने पक्का भइसकेको छैन । तथापि बलिउड पण्डितहरूका कुरालाई आधार मान्ने हो भने अक्षयका कम्तीमा ५ वटा चलचित्र हलमा प्रदर्शन हुन सक्नेछन् । 

उनकै अभिनय रहेका प्रतीक्षित चलचित्र सूर्यवंशी, रक्षाबन्धन, बेलबटम, पृथ्वीराज, अतरंगी र बच्चन पान्डेय हुन् । यी चलचित्रहरूमध्ये केहीको पोस्टप्रोडक्सनको काम बाँकी रहेको बताइएको छ ।

यो वर्ष बलिउडका महानायक अमिताभ बच्चन अभिनित चलचित्र ‘चेहरे’ प्रदर्शन हुने भएको छ । अघिल्लो वर्ष प्रदर्शनका लागि तयार यो चलचित्रको कोरोनाका कारण प्रदर्शन मिति सारिएको थियो ।  चेहरे थ्रिलर चलचित्र हो । 
रुमी जाफरीको निर्देशनमा बनेको यो चलचित्रलाई आनन्द पण्डित मोशन पिक्चर्स र सरस्वती इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा अमिताभ बच्चनबाहेक इमरान हाशमी, क्रिस्टल डिसूजा, रिया चक्रवर्ती, सिद्धान्त कपूर र अन्नु कपूर लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । अमिताभ बच्चन एक वकिलको भूमिकामा देखिनेछन् भने हाशमी एक व्यवसायीको रूपमा देखिनेछन् ।

रेकर्ड ब्रेकर अभिनेता अर्थात मिस्टर पर्फेक्सनिस्ट आमिर खानको सन् २०२१ मा एउटा चलचित्र प्रदर्शन हुनेछ । आमिरका फ्यानहरूले लामै समय भयो, उनका चलचित्र हेर्न नपाएको । सोही कारण पनि उनको चलचित्र ‘लाल सिंह चड्डा’ यसै वर्ष प्रदर्शन हुनेछ । करिना कपूर, विजय सेठी, मोना सिंह लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई  सेक्रेट  सुपरस्टार फेम निर्देशकले निर्माण गरेका हुन् । यो चलचित्र बलिउडको अर्को प्रतीक्षित चलचित्र हो ।

चलचित्र ‘८३’ पनि यसै वर्ष प्रदर्शन हुनेछ । रणवीर सिंहको लोकप्रियता पछिल्लो ५ वर्षमै ह्वात्तै बढेको थियो, उनकै अभिनय रहेको चलचित्र हो यो । छोटो समयमा सर्वाधिक फ्यान फलोइङ कमाएका यी अभिनेताको यो चलचित्र अर्को प्रतीक्षित चलचित्रको रूपमा रहेको छ । 

यसमा रियल कपल दीपिका पादुकोण पनि सँगै देखिने भएकाले यसको छुट्टै महत्त्व छ ।

बिहेपछि उनीहरूले सँगै काम गरेको चलचित्र भएकाले पनि यो चलचित्र निकै प्रतीक्षित बनेको हो । त्यस्तै रणवीरले काम गरेका अरू दुई चलचित्र ‘जोरदार’ र ‘सर्कस’ पनि यसै वर्ष प्रदर्शन गर्नेगरी सम्बन्धित चलचित्र टिमले तयारी थालिसकेको बीबीसी हिन्दीले जनाएको छ । 

रणवीरको चलचित्र ‘८३’ सन् १९८३ मा आयोजित क्रिकेट वर्ल्डकपमा भारतले जीत हासिल गरेको विषयमा आधारित छ । रणवीर यो चलचित्रमा कप्तान कपिल देवको भूमिकामा देखिनेछन् । भारतीय मिडियाको विश्लेषण हेर्ने हो भने रणवीरका अरू दुई चलचित्रको तुलनामा यस चलचित्रको प्रतीक्षा धेरै गरिएको छ । 

रणवीर स्वयं समेत यो चलचित्रबाट धेरै आशावादी छन् । त्यसो त  रोहित सेट्टीको निर्देशनमा बनेको चलचित्र सर्कस र यशराज फिल्म्सको निर्माणमा बनिरहेको चलचित्र जयेशभाइ जोरदार पनि बलिउडका लागि प्रतीक्षित चलचित्रको रूपमा रहेका छन् ।

यस्तै अभिनेता अजय देवगनका फ्यानले २०२१ मा तीनवटा चलचित्र हेर्न पाउने सम्भावना धेरै छ । तर उनको एउटा चलचित्र ‘भुज द प्राइड अफ इन्डिया’ ओटीटी प्लेटफर्मबाट प्रदर्शन हुने भएको छ । 

त्यस्तै अनिल शर्माको निर्देशनमा बनेको चलचित्र ‘मैदान’ र एसएस राजामौलीको निर्देशनमा बनेको चलचित्र ‘आरआरआर’ भने हलमा प्रदर्शन हुनेछन् ।

आलिया र रणवीर कपूर अभिनित पहिलो चलचित्र ‘ब्रह्मशास्त्र’ सन् २०२१ मा प्रदर्शन हुने भएको छ । धर्मा प्रोडक्सनको निर्माणमा बनेको यो चलचित्रलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । 

आलिया र रणवीर रियल जोडी हुन्, यस चलचित्रमा उनीहरूको भूमिका कस्तो छ, चलचित्र प्रदर्शन भएपछि पक्कै थाहा हुनेछ । 

तर केही समयअघि सार्वजनिक उनीहरूका तस्वीर हेर्दा यस चलचित्रमा पनि उनीहरू प्रेमिल जोडीका रूपमा देखिनेछन् । त्यस्तै शमशेरा र लव रन्जन निर्देशित एक रोमान्टिक कमेडी पनि रणविर अभिनित चलचित्र हुन् । 
यी चलचित्र पनि यसै वर्ष प्रदर्शन हुने भएका छन् । 

पटक पटक विवादमा फसेको आलिया अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि यसै वर्ष प्रदर्शन हुने पक्का छ ।

अभिनेता टाइगर श्रोफ अभिनित तीनवटा चलचित्र यस वर्ष प्रदर्शन हुने सम्भावना छ । हिरोपन्ती २, बागी ४ र गणपतमार्फत टाइगरलाई हलमा देख्न पाइनेछ ।

अभिनेता फरहान अख्तरको चलचित्र ‘तुफान’ले पनि यसै वर्ष रिलिज डेट बुक गर्ने सम्भावना धेरै छ । फरहान अख्तर ८ वर्षपछि दर्शकसामु आउन थालेका हुन् । फरहानका आफ्नै किसिमका फ्यानफलोइङ रहेकाले पनि यो चलचित्र हलमा राम्रै चल्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता  कार्तिक अभिनीत भुलभुलैया २, दोस्तानाको सिक्वेल र धमाका यसै वर्ष प्रदर्शन हुने भएका छन् ।

कटरिना कैफ अभिनित चलचित्र ‘फोन भूत’ पनि सन् २०२१ मा प्रदर्शन हुने सम्भावना छ । अभिनेता सिद्धान्त चतुर्वेदीको नाम नखुलाइएको एक चलचित्र र फोन भूतमार्फत दर्शकसामु आउनेछन् ।

चलचित्र ‘तेजस’ सन् २०२१ मै प्रदर्शन हुनेछ । यो चलचित्रको सम्पादनको काम सकिएको छ । यो चलचित्रमा कंगना रनावतको अभिनय रहेको छ । 

सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा सबैभन्दा धेरै बोलेकी कंगनाले त्यसपछि बलिउडमा ड्रग्सको विषयमा निकै मुख खोलेकी थिइन् । 
 

शिवसेनाले मुम्बई प्रवेशमा रोक लगाएपछि भारतको केन्द्रीय सरकारले उनलाई अंग्रेजीको अक्षर वाई आकारमा सुरक्षा सुविधा दिएर अहिले उनी आफ्ना कामहरूमा लागिरहेकी छन् । तेजस चलचित्रमा उनी लडाकूको रुपमा देखिनेछिन् ।

अभिनेत्री दीपिका पादुकोण शकुन बत्राको नयाँ चलचित्रमार्फत दर्शकसामु यसै वर्ष देखिने पक्का छ । यो चलचित्रको नाम भने अहिलेसम्म घोषणा गरिएको छैन । त्यस्तै उनी अभिनित ‘८३’ पनि यसै वर्ष प्रदर्शन हुनेछ ।

चलचित्र ‘बधाई दो’ यसै वर्ष प्रदर्शन हुनेछ । यो चलचित्रमा अभिनेता राजकुमार रावको मुख्य भूमिका छ ।

अभिनेता विक्की कौशल अभिनित ‘सरदार उधम सिंह’ पनि यस वर्ष प्रदर्शन हुँदैछ ।

सुन्दर अभिनेत्री तापसी पन्नु अभिनीत ‘रश्मि रकेट’ ले पनि यसै वर्ष प्रदर्शनका लागि तयारी गरिरहेको बुझिएको छ । उक्त चलचित्रको यतिबेला सम्पादनका केही कामहरू भइरहेका छन् ।

अभिनेता आयुषमान खुराना अभिनीत ‘अनेक’ र ‘चन्डीगढ करे आशिकी’ पनि यस वर्ष प्रदर्शन हुने भएका छन् । ड्रिम गर्ल, बाला, बधाई हो लगायतका हिट चलचित्र दिइसकेका आयुषमानका अधिकांश चलचित्र सफल रहेकाले पनि यी चलचित्र हेर्न लायक हुनेछन् र दर्शकको भीड लाग्ने अनुमान गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x