×

NMB BANK
NIC ASIA

उमेश–सुदीक्षाको पोस्टमार्टमले खोल्यो हत्याकाण्डको रहस्य, रिपोर्ट आएपछि ‘च्याप्टर क्लोज’

पुस २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको टोखा नगरपालिका–३ ग्राण्डी भिला हाउजिङमा हत्यापछि भएको आत्महत्याको पोस्टमार्टम रिपोर्ट आएसँगै ‘च्याप्टर क्लोज’ भएको छ । 

Muktinath Bank

आइतवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पोस्टमार्टम रिपोर्टको प्रारम्भिक प्रतिवेदन बाहिर ल्याएपछि अमेरिका जान लागेका बानेश्वरका ३३ वर्षीय उमेश केसी र सुदीक्षा गिरीको हत्यापछिको आत्महत्यालाई प्रमाणित गर्ने तथ्य फेला परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार महाराजगञ्जले दिएको प्रारम्भिक रिपोर्ट अनुसार पत्नी सुदीक्षाले पति उमेशको हत्या गरेर केही समयपछि आत्महत्या गरेको प्रमाणित भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए । 


Advertisment
Nabil box
Kumari

‘सिलौटोको लोहोरोले हानेर हत्या गरेको र केही समयपछि आफैंले आत्महत्या गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘थप कुरा अनुसन्धानपछि पत्ता लाग्ला ।’

Vianet communication
Laxmi Bank

त्रिवि शिक्षण अस्पतालका चिकित्सकका अनुसार उमेशको हत्या भएको १०–१२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको छ । 

चिकित्सकले उमेशको मृत्युको कारण ‘ब्लन्ट फोर्स इन्जुरी’ बताएका छन् । निधारमा लागेको चोटका कारण उच्च रक्तश्राव भएर ज्यान गएको चिकित्सकले निष्कर्ष निकालेका प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सिंहका अनुसार लिखित पोस्टमार्टम रिपोर्ट नआए पनि घटनामा तेस्रो पक्षको संलग्नता देखिएको छैन । ‘अहिलेलाई तेस्रो पक्षको संलग्नता देखिने प्रमाण फेला परेका छैनन्,’ एसएसपी सिंहले लोकान्तरसँग भने ।

उमेशका परिवारले भने आफूहरूलाई खबर नगरी मुचुल्का उठाउनु, सुदीक्षाकी दिदी शर्मिलाले परिवारलाई चिन्दाचिन्दै पनि जानकारी नदिनु, मृतक उमेशको मृत्युको केही घण्टापछि मात्रै सुदीक्षाले आत्महत्या गर्नुले तेस्रो पक्षको पनि संलग्नता रहेको आरोप लगाउँदै आएका थिए ।

पोस्टमार्टममा अन्य व्यक्तिको कुनै संलग्नता नदेखिएकाले अब सुदीक्षाले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ । एसएसपी सिंहले पोस्टमार्टम रिपोर्ट र प्रारम्भिक अनुसन्धानमा तेस्रो पक्ष नदेखिए पनि त्यसतर्फ अनुसन्धान भइरहेको बताए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केहीले शंका गरेको दिदी शर्मिलाको संलग्न हुने कुनै संकेत देखिएका छैनन् । मृतक पतिपत्नी बस्ने अपार्टमेन्टको पछाडिको ढोकाको चुकुल फोडिएको भए पनि त्यसमा कुनै पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

‘दिदी अगाडिको ढोकाबाट प्रवेश गरेको फिङ्गर प्रिन्ट भेटिएको छ । यसले उनी संलग्न भएको भन्ने प्रमाण दिँदैन,’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

तर प्रहरीले शर्मिलाको मोबाइलमा म्यासेज, फोटो वा फोन कल भए/नभएको अनुसन्धानका लागि मोबाइललाई प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

२०७२ वैशाख २८ गते ‘बिजनेश इन मास्टर्स’ पढ्न गएका उमेश कात्तिक ६ गते सदीक्षालाई अमेरिका लैजान नेपाल आएका थिए । व्यापार गर्दै आएका उमेश आगामी माघ १ गते पत्नी सदीक्षासहित अमेरिका जाने योजनामा रहेका पारिवारिक स्रोतले जनाएको छ ।

घर परिवारको मन्जुरी विना ६ वर्षअघि दुवैको विवाह भएका थियो । विवाहपछि सुदीक्षा माइतीको रेखदेखमा टोखामा बस्दै आएकी थिइन् । सुर्खेत स्थायी घर भएका माइती टोखामा बस्ने भएकाले उमेशले सुदीक्षालाई नजिकै अपार्टमेन्टमा राखेका थिए ।

शुक्रवार राति पौने ९ बजे प्रहरीलाई खबर आएपछि ५ मिनेटमा प्रहरी घटनास्थलमा गएको प्रहरीले जनाएको छ । मृतक उमेशको टाउको मसला पिस्ने लोहोरोले हानेको देखिएको छ भने सदीक्षाले भने झुण्डिएर आत्महत्या गरेकी जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x