×

NMB BANK
NIC ASIA

प्रमोद खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिककी सीईओ रेग्मी पक्राउ

पुस २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विन्ध्यवासिनी म्युजिक कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीना शर्मा रेग्मीलाई प्रहरीले प्रकाउ गरेको छ ।

Muktinath Bank

प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकविरुद्ध जाहेरी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता प्रमेश बिष्टले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायक खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी र लीना शर्माको नाम समावेश गरिएको थियो । लीना र सुवास श्रीमान श्रीमती समेत हुन् ।


Advertisment
Nabil box
Kumari

सुवास भने काठमाडौंबाहिर रहेकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको जनाएको छ ।

Vianet communication
Laxmi Bank

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ ।

गायक खरेलले विन्ध्यवासिनीसँग ‘प्रणय’ एल्बमको सम्झौता सकिएपछि फिर्ता माग्दा सार्वजनिक रूपमा गालीबेइज्जती र इज्जतमाथि दाग लगाउने विभिन्न गतिविधि भएको भन्दै प्रहरीको सहयोग माग्न पुगेका थिए ।

केही दिनअघि सञ्चालक सुवास रेग्मीले लोकान्तरसँग कानूनले जे भन्छ त्यो गर्न तयार रहेको तर त्यसअघि एल्बम फिर्ता दिन नसक्ने बताएका थिए । 

गायक प्रमोदले उक्त एल्बमको सम्झौता २०७१ मै सकिएको बताए । पटक–पटक एल्बम फिर्ता माग्दा नदिएको विन्ध्यवासिनीले उल्टै आफूले उत्पादन गरेको गीत विना अनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो ।

त्यसपछि नेपालका ६ दर्जन कलाकारहरूले हस्ताक्षर गर्दै प्रमोदको पक्ष ऐक्यबद्धता जनाएका थिए ।

प्रमोदले छिट्टै मानहानीको मुद्दामा जाने  तयारी गरिरहेको बताएका छन् ।

प्रमोदको उक्त एल्बममा ८ वटा गीत समावेश छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x