×

NMB BANK
NIC ASIA

झण्डै १ वर्षपछि फेरि शुरू भयो सांगीतिक माहोल, कलाकारहरू भन्छन् : अफर आउन थालेको छ

पुस २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामो समयको लकडाउन र कोभिड १९ ले पारेको प्रभावपछि ठप्प नेपालको सांगीतिक माहोल पुरानै लयमा फर्किन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

देशभरका विभिन्न स्थानमा हुँदै आएका मेला महोत्सव संचालकले अब कार्यक्रम संचालनको तयारी थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी लगायतका स्थानमा छिटपुट सांगीतिक कार्यक्रम हुन थालेका छन् ।


Advertisment
Nabil box
Kumari

न्यु इयरको अवसरमा पोखरा, बुटवल, पश्चिम अछाम, पुर्व क्षेत्र, काठमाडौं लगायतका स्थानमा विभिन्न कार्यक्रम भए ।

Vianet communication
Laxmi Bank

पोखरामा पोखरेलीले अंग्रेजी नयाँ वर्ष–२०२१ को भव्य स्वागत गरेका थिए । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा सयौँको उपस्थित थियो ।

पोखराको यो कार्यक्रमसँगै लामो समयदेखि ठप्प नेपालको सांगीतिक माहोल फेरी जुरमुराउन थालेको भान भएको छ । लकडाउनपछि पोखराको गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा चार वटा स्टेजमा विविध कार्यक्रम भए । त्यस्तै नेपालगन्जमा गायिका मन्जु पौडेलसहित विभिन्न कलाकारले स्टेज तताए ।

पोखराको कार्यक्रममा गायिका मन्जु पौडेल

मेरो प्लानेटले आयोजना गरेको कार्यक्रममा सयौँको उपस्थित थियो । गायिका पौडेल भन्छिन्, ‘लामो समयपछि स्टेज कार्यक्रमा फर्किएँ । निकै रमाइलो भयो । सांगीतिक माहौलबाट टाढा भएका दर्शकले खुलेर इन्जोय गरे ।’ गायिका पौडेलका अनुसार विस्तारै देशभर सांगीतिक कार्यक्रम सुरुवात हुन थालेका छन् ।

लकडाउनपछि गायक दुर्गेश थापाले पश्चिम मा सयौं दर्शकका बीच सांगीतिक माहोलमा प्रस्तुती दिए । गायक तथा मोडल दुर्गेशले दिएको यो कार्यक्रममा कोरोनाको कुनै डर थिएन । गायीका मन्जु पौडेल, दुर्गेशजस्तै गायक कृष्ण काफ्ले केहि कार्यक्रमको अफर आएको जानकारी दिए ।

अछाममा दर्शकको माझमा दुर्गेश

उनले छिट्टै २ वटा नेपालका कार्यक्रममा सहभागी हुने तयारीमा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘लकडाउनपछि केहि कार्यक्रमको अफर आएको छ । नेपालपछि छिट्टै म विदेशका कार्यक्रममा पनि सहभागिता जनाउने योजना गराएको छु ।’ विदेशमा नियमित सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका सघ–संस्थाहरुले लकडाउनपछि फेरी तयारी थालेका छन् ।

गायक प्रमोद खरेलले २०७८ मा नेपालको सांगीतिक माहोलमा आशाको किरण छाउनेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘तर, अंग्रेजी नयाँ वर्षपछि भने सांगीतिक माहोल शुरू भएको छ । मलाई पनि केहि स्थानदेखि अफर आएको छ । सायद छिट्टै स्टेज चढ्छु कि ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x