चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
पुस २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीति अहिले अन्योल र संक्रमणको अवस्थामा छ ।
राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरे पनि चुनाव हुने नहुने यकिन भइसकेको छैन ।
प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा एक दर्जन रिट परेका छन् । ती रिटहरू विचाराधीन रहेकाले सिंगो मुलुक यतिबेला सर्वोच्चकै फैसलाको प्रतिक्षामा छ ।
यसबीचमा सत्तारुढ दल विभाजित भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको एउटा खेमा चुनावको माहोल बनाउन खटिएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल खेमा प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक आन्दोलनमा छ ।
तर, प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भने आन्दोलन कि चुनाव भन्नेमै मतभेद देखिएको छ ।
कांग्रेसले प्रतिनिधि सभा विघटनलाई आधिकारिक रूपमा असंवैधानिक भनेर आन्दोलन घोषण गरे पनि पार्टी सभापति शेरबहादुर देउवाको पाइला भने आन्दोलनमा अघि सरिरहेका छैनन् । उनी सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा छन् ।
प्रतिनिधि सभा विघटन र यिनै समसामयिक विषयमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग लोकान्तरकर्मी अजय अनुरागीले जनकपुरमा कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
प्रतिनिधि सभा विघटनलाई कसरी लिनुभएको छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक कदम हो । अधिनायकवादी कदम हो । सर्वसत्तावादी, वर्चस्ववादी कदम हो । जनताको जनादेश र मतको समेत अपमान हो । यो नै नेपाली कांग्रेसको आधिकारिक धारणा हो र मेरा पनि व्यक्तिगत धारणा तिनै हुन् । देश, जनता, संविधान र प्रणालीको रक्षाका लागि पनि अब विघटित संसद् पुनःस्थापना हुनु आवश्यक छ ।
त्यसो भए विघटित संसद्को पुनःस्थापना होला त ? विकल्प के–के छन् ?
अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । एउटा विकल्प भनेको अदालतले जे निर्णय गरेर निरूपण गर्ने हो, त्यसैअनुसार हुने हो ।
अदालतले जे निर्णय दिनेछ, त्यसलाई नेपाली कांग्रेसले स्वीकार गरेर अगाडि बढ्नेछ । अदालतलाई कुनै पनि पक्षले दबाब दिने, धम्क्याउने काम गर्नुहुँदैन । हो, लोकतन्त्रमा व्यक्तिले आफ्नो धारणा राख्न पाउँछन् । त्यो भनेको राजनीतिक दलदेखि व्यक्तिसम्मले पाउने हो । तर, त्यसलाई अदालतले दबाबको रूपमा लिनुहुँदैन । हाम्रो भनाई के हो भने अदालतले छिटोभन्दा छिटो निर्णय गरेर निरूपण गर्नुपर्यो ।
अर्को उपाय भनेको संविधानमा व्यवस्था भएअनुसार निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन गराएर प्रतिनिधि सभाको गठन गर्नु हो । त्यसैले अदालतले संसद् पुनःस्थापना गरे वा निर्वाचनमार्फत पुनःस्थापना भए पनि दुवै विकल्पका लागि नेपाली कांग्रेस तयार छ ।
राजा ज्ञानेन्द्रले संसद् विघटन गरेका बेला हामीले गरेको जनआन्दोलनको माग संसद् पुनःस्थापना मात्र थिएन । संसद्को पुनःस्थापनासँगै पुनर्गठन पनि थियो ।
राज्यको पुनःसंरचना, संविधान सभाको गठनसहित अन्तरिम संविधानको निर्माण समेतका माग थिए । राजा ज्ञानेन्द्रले संसद् विघटन गरेका बेला म आफैं पनि प्रतिनिधि सभामा पराजित भएको थिएँ ।
त्यतिबेला भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत बनेर आएका डा. करण सिंहले मध्यस्थता गरेर संसद् पुनःस्थापनाका लागि राजा ज्ञानेन्द्रले वैशाख ८ गते घोषणा गर्दा हामीले मानेका थिएनौं । किनभने संसद्को पुनःस्थापना मात्र त्यतिबेलाको माग थिएन । जनताबाट तिरष्कृत अत्यन्त कमजोर राजा थिए, जसमाथि त्यतिबेला दरबार हत्याकाण्डको आक्षेप समेत लागेको अवस्था थियो ।
जनतासँगै अन्तर्राष्ट्रिय समर्थन समेत गुमाएका कारण राजा जनतासामु घुँडा टेक्न बाध्य भएका थिए । पछि वैशाख ११ गते संसद्को पुनःस्थापना मात्र होइन माओवादीसहित अन्य दलका प्रतिनिधि राखेर पुनर्गठन भएको थियो । म आफू पराजित भए पनि पुनर्गठित संसद्को सांसद भएको थिएँ ।
त्यस संसद्ले अन्तरिम संविधान बनाएर नयाँ संविधान सभा गठन नहुँदासम्म काम गरेको थियो । तर, अहिले भने त्यस्ता मागहरू छैनन् । मात्र संसद् पुनःस्थापनाको कुरा हो ।
विघटित प्रतिनिधि सभामा कांग्रेस अत्यन्त कमजोर थियो, तपाईंहरू विघटनप्रति खुशी हुनुहुन्छ पनि भनिन्छ नि !
बहुमतप्राप्त सरकारले संसद् विघटन गर्दा कुन प्रतिपक्षीले रुने काम गर्छ ? उसले हाँस्ने काम गर्नु त स्वाभाविकै हो नि ! अब संसद् विघटन भयो भनेर प्रतिपक्षीले रुने काम त गर्ने कुरा पनि त हुँदैन ।
तर, कांग्रेसले बाहिरबाट विरोध पनि गर्ने र भित्रभित्र चुनावको तयारी पनि गरेको देखियो । अर्को कुरा कांग्रेसमा पनि फरक–फरक मत आएको छ । त्यसलाई के भन्ने ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । फरक–फरक विचार हुनु, मत व्यक्त हुनु स्वाभाविक हो । विगतमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुँदा पनि मत फरक–फरक हुन्थ्यो । तर, पार्टीले निर्णय गरेपछि सबैले स्वीकार गर्ने गर्छन् । अहिले पनि त्यस्तै भएको हो । प्रधानमन्त्रीको कदम असंवैधानिक भएका कारण कांग्रेसले पनि त्यसको सशक्त विरोध गरेको छ ।
निर्वाचन भयो भने नेपाली कांग्रेसले निर्वाचनमा पनि भाग लिन्छ । निर्वाचनलाई बहिस्कार गर्दैन ।
निर्वाचन हुँदा नेपाली कांग्रेसले प्रधानमन्त्री ओली नेतृत्वका समूहसँग गठबन्धन गर्न सक्ने कुरा छ । त्यसमा कति सत्यता छ ?
निर्वाचन भयो भने नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीसँग कुनै पनि तालमेल गर्दैन । त्यति मात्र होइन, विभाजित अन्य कुनै पनि कम्युनिस्ट पार्टीसँग समेत तालमेल गर्दैन । यो चुनाव नेपाली कांग्रेसले एक्लै लड्छ ।
तर, प्रधानमन्त्री ओलीले बहुमत ल्याउँछु भनेर दाबी गरिरहनु भएको छ नि ?
चुनाव भयो भने ओली मात्र होइन कम्युनिस्ट पार्टीकै पत्तासाफ हुन्छ, किनभने कम्युनिस्ट पार्टीका कारण देशमा संघीयता, गणतन्त्र सबै खतरामा छ । कम्युनिस्ट पार्टीले भन्ने गरेको जनताको जनवाद नै एकल पार्टीको अधिनायकवाद हो । त्यसैले ती सबै उपलब्धिको रक्षा नेपाली कांग्रेसको सरकारले मात्र गर्छ । आगामी चुनावमा नेपाली कांग्रेसको बहुमत आउँछ ।
हिन्दूराष्ट्रको एजेण्डामा नेपाली कांग्रेस लचक भएको हो ?
हिन्दू हुनुमा मलाई गर्व छ । तर, राज्यको धर्म भने हिन्दू हुन सक्दैन । राज्य धर्मनिरपेक्ष नै हुन्छ । अहिलेको संविधानमा भएको प्रावधानअनुसार नै कांग्रेस अडिग रहन्छ ।
नेपाली कांग्रेस के मुद्दा लिएर चुनावमा जान्छ ?
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, विकासका एजेण्डा लिएर जान्छ । संघीयताको कार्यान्वयनका लागि प्रदेशलाई चाहिने प्रहरी, निजामती लगायत संविधानको अनुसूचीमा लेखिएका अधिकारका कुराहरूका लागि कम्युनिस्ट नेतृत्वको सरकारले कानून बनाउनुपर्ने ठाउँमा बनाएनन् । ती सबै कानून निर्माणसहित प्राप्त उपलब्धिको रक्षाका एजेण्डा लिएर कांग्रेस चुनावमा जान्छ ।
प्रदेश २ मा नेकपाभन्दा पनि जसपाको गढ बनेको छ । जसपासँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
केन्द्रमा कम्युनिस्ट सरकारजस्तै प्रदेश २ मा जसपाबाट समेत जनता आजित भइसकेका छन् ।
मधेशी जनताको अधिकार, स्वाभिमान, पहिचानसहित विकास निर्माण समेतका काम मधेशवादी सरकारले गर्न सकेको छैन । त्यसैले यो प्रदेशमा जसपाको पनि पत्तासाफ हुन्छ ।
तपाईं आफैं राजेन्द्र महतोसँग पराजित हुनुभएको थियो? अब जित्ने के आधार छ ?
जनताले नै अब आइदिनुपर्यो भनेर मलाई भनिरहेका छन् । जीत पक्का छ भनेर जनताले नै भनिरहेका कारण म उत्साहित छु ।
नेपाली कांग्रेसको महाधिवेशनमा पनि तपाईं सभापतिमा उठ्ने कुरा गर्नुभएको थियो ? अब के हुन्छ ?
त्यति बेला राष्ट्रिय राजनीतिमा अहिलेको जस्तो परिदृश्य थिएन । संसद विघटन भएपछि चुनाव पहिले हुने कुरा आयो । त्यसैले अहिले अब मेरो ध्यान चुनावतर्फ छ ।
यदि अदालतले संसद् पुनःस्थापना गर्यो भने पार्टीको महाधिवेशन पहिले हुन्छ । त्यसका लागि मैले सभापतिमा उठ्छु भनेर पार्टी सभापति शेरबहादुर देउवासँग समेत कुरा गरेको छु ।
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...