अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीको जन्म दिइन् ।
क्रिकेट खेलाडी विराट कोहली तथा शर्मा परिवारमा खुीको माहौल छ यतिबेला ।
त्यसँगै सामाजिक संजालमा यो समाचार निकै भाइरल भइरहेको छ । मिडियामा यो समाचारले निकै स्थान पाइरहेको छ ।
छोरीको जन्म दिएपनि अहिलेसम्म छोरीको तस्विर सार्वजनिक भएको छैन ।
न विराटले न अनुष्काले छोरीसहितको तस्विर सार्वजनिक गरेका छन् । तर, छोरीको कोमल पैतालाको तस्विर भने सार्वजनिक भएको छ ।
अब सामाजिक संजालमा छोरीको नाम के हुन सक्छ ? चर्चामा विषय उभिएको छ ।
उनका शुभचिन्तकहरुले उनको सम्भावित नाम सजेस्ट गरिरहेका छन् । धेरै फ्यानहरुले विराट–अनुश्काबाट मिलाएर नाम राख्न सुझाव दिएका छन् । तर, धेरैले अन्वी राख्दा उत्तम हुने भनेका छन् ।
अनुश्काबाट अ र विराटबाट वि झिकेर अन्वी नाम फ्यानहरुले मिलाइदिएका छन् । विराट अनुश्काले ११ डिसम्बर २०१७ मा बिहे गरेका थिए ।
एजेन्सी