एउटा गाई मस्त बसिरहेको छ । गाईको दुध कुकुरका केही बच्चाहरूले निकै मज्जाले चुसिरहेका छन् ।
भारतीय वन सेवाका कर्मचारी प्रवीन अंगूसामीले ट्वीटरमा शेयर गरेको यो भिडियोले अहिले सबैको ध्यान तानेको छ ।
यस भिडियोमा एउटा गाई मस्त बसिरहेको हुन्छ भने गाईको दुध कुकुरको बच्चाहरूले खाइरहेका हुन्छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको यस भिडियोलाई धेरैले गाईको ममताका रूपमा लिएका छन् ।
Glory of a mother cow ❤️ #GauMata #shared pic.twitter.com/bHqEcs96tk
— Praveen Angusamy, IFS 🐾 (@PraveenIFShere) January 11, 2021
एजेन्सी