ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २४४ पुगेको छ ।
कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुर बजारमा सञ्चालनमा ल्याइएको शाखा रहित बैंकिङ्ग सेवाको कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैरा तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले, संंयुक्त रूपमा उद्घाटन गरेका थिए ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
लोकान्तर संवाददाता