×

NMB BANK
NIC ASIA

सुन प्रकरण

तामा र चाँदीपछि 'मोबाइल बन्यो' प्रहरीले समातेको सुन– बारम्बार सुनले किन फेर्छ रंग ?

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यही पुस १० गते काठमाडौंको नयाँ बसपार्कमा दोलखाका संयोग कार्की, सुवास तिमिल्सिनासहित ५ जनाको सुन ग्राहक बनेर आएका दीपक नेपालीको समूहले लुटेको सूचना प्रहरीलाई आयो । 

Muktinath Bank

लगत्तै महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक (सई) नवराज इटनीले सुन लुटेको आरोप लागेका सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तपति डीएसपी रोशन खड्काको जिम्मा लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन लुटेको प्रमाणित नभएको भन्दै डीएसपी खड्काले नेपालीलाई छाडिदिएपछि मात्र घटना बाहिरियो । घटना बाहिरिएपछि डीएसपी खड्का र सई इटनी विवादमा तानिए । 


Advertisment
Nabil box
Kumari

पहिला ३० तोला सुन लुटिएको भनियो । तर पछि सुन नभएर मोबाइल लुटिएको भन्ने बयान लुटिएकामध्ये एकले दिएको भन्दै नेपालीलाई छाडियो । 

Vianet communication
Laxmi Bank

सुन लुटिएको भनिएका संयोग, सुवास लगायतले पनि त्यसको बिल देखाउन सकेनन् । 

अहिले नेपाली, कार्की र तिमिल्सिना फरार भएका छन् । घटना रहस्यमय बनेपछि प्रहरीले फेरि उनीहरूलाई खोजिरहेको छ ।

तस्करीको सुन भएकाले बिल देखाउन नसकेको र लुटिएको भन्दा आफू पनि फस्ने भएकाले यस प्रकरणलाई यत्तिकै झ्यासमिस बनाउने गरी अभियुक्तहरूले बयान दिएको हुनसक्ने आशंका गरिएको छ ।

यस प्रकरणमा प्रहरीको भूमिका पनि शंकास्पद् देखिएपछि अनुसन्धानको दायरामा ल्याइएको छ ।

‘अहिले लुटिकाहरूमध्येकै कुरा बाझिएको छ । सईको आचरणमा समेत प्रश्न उठेपछि अनुसन्धानको दायरामा ल्याएका छौं,’ आयुक्त पालले भने, ‘त्यसको अनुसन्धानका लागि समिति गठन भएको छ, त्यसले सत्यतथ्य बाहिर ल्याउला ।’

महानगरीय प्रहरी कार्यलयले सोमवार (पुस २७) प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

*****

गत साउन १३ गते काठमाडौंमा १५ किलो सुन बरामद भएको सूचना बाहिरियो । पछि जाँच गर्दा साढे १४ किलो सुनको जलप लगाएको चाँदी भएको प्रमाणित भयो । सुन आधा किलो मात्र थियो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठले दरबारमार्गका तत्कालीन वृत्तपति रञ्जन दाहाललाई सुन आउँदै गरेको सूचना दिएका थिए ।

पछि त्यो सुन चाँदीमा परिणत भएपछि दाहाललाई वृत्तपतिको जिम्मेवारीबाट हटाइयो भने २ जना जवानलाई अनुसन्धानको दायरामा ल्याइयो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तत्कालीन एसएसपी सुशील यादवको नेतृत्वमा छानविन समिति गठन भयो । 

अनुसन्धानका क्रममा दोषी पाइएपछि जवानद्वय बहादुरसिंह र प्रसन्नलाई दुवैलाई जागिरबाट निष्काशन गरिएको छ । 

*****

अघिल्लो वर्ष पनि धादिङमा सुन भनेर बरामद गरेको ४ किलो धातु तामामा परिणत भएको थियो । 

नेपालमा प्रायःजसो सुनको चोरी, तस्करी र बरामदका घटनाहरू बाहिरिरहन्छन् । कतिपय त वास्तविक सुन नै हुन्छ भने कतिपय सुन नभएको भनेर पछि अर्को सूचना दिइन्छ । घटना विवादमा आएपछि समिति गठन हुन्छ र अनुसन्धानपछि प्रहरी अधिकारीहरू निलम्बनमा पर्छन्, अनि घटना साम्य हुन्छ । 

कसरी सुन चाँदी हुन्छ ? वा कसरी तामा हुन्छ ? वास्तवमा सुनसँग सम्बन्धित घटनाहरू किन तथ्य प्रमाणित नभई बाहिरिरहन्छन् ? बनेका समितिहरूको प्रतिवेदन किन बाहिर आउँदैनन् ? यी प्रश्नको जवाफ अझै अनुत्तरित छन् ।

किन यस्तो हुन्छ त ? यसमा प्रहरीको भूमिकालाई नै शंकाको नजरले हेर्नुपर्ने कतिपय बताउँछन् । मिलेमतोमा घटना सामसुम हुन्छ भन्ने आम धारण बनिसकेको छ । प्रहरीको तर्क भने छुट्टै छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले तथ्य प्रमाणित नहुँदै सूचना बाहिर चुहिँदा यस्तो हुने गरेको बताए । 

‘अहिले सामाजिक सञ्जालको जमाना छ । केही घटना हुँदा सबैभन्दा छिटो यसमै आउँछ, तर अनुसन्धानमा तथ्य प्रमाणित हुँदैन,’ एसएसपी कुवँरले लोकान्तरसँग भने, ‘यसलाई आधार मानेर समाचारहरू प्रकाशित हुँदा यस्तो भएको हो ।’

कतिपय अवस्थामा प्रहरी कर्मचारीको व्यक्तिगत स्वार्थले गर्दा पनि विना प्रमाण र तथ्यका सूचना बाहिर आएको र अनुसन्धानले प्रमाणित गरेपछिको तथ्य फरक पर्ने गरेको उनले बताए ।

‘हामीले अनुसन्धानपछिको तथ्यलाई प्रमाणित मान्ने हो । आखिर सत्य पनि त्यही नै हो,’ प्रवक्ता कुँवरले भने ।

सेलिब्रिटी हुन खोज्दा समस्या ! 

प्रहरी संगठनमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण गलत सूचना प्रवाह हुने गरेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले बताए । 

‘प्रहरीमा घटनालाई अनुसन्धान गरेर तथ्यगत प्रमाणित भएपछि बाहिर ल्याउनुभन्दा पनि हिरोइजम अथवा दबङ शैली देखाउनका लागि अनुसन्धान अगाडि नै सूचना चुहाइन्छ, सोही कारण यस्तो हुन्छ,’ ठकुरीले लोकान्तरसँग भने ।

प्रहरीमा रहेको अस्वस्थ प्रतिस्पर्धाका कारण एक प्रहरी अधिकृतले अर्को प्रहरी अधिकृतलाई ‘सिध्याउने खेल’ खेल्दा पनि यस्तो समस्या हुने गरेको पूर्व डीआईजी ठकुरीले बताए । 

यस्ता अभ्यासले स्वयं व्यक्ति र प्रहरी संगठनलाई नै नराम्रो असर पर्ने देखिन्छ । यसले प्रहरीप्रति आमजनमानसको दृष्टिकोण नै नराम्रो बनिरहेको ठकुरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x