×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १ दर्जन रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ शुरू भएको छ ।

Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार तेस्रो दिनको सुनुवाइ शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस १० गते शुक्रवार पहिलो दिनको सुनुवाइपछि प्रतिनिधिसभा विघटनविरुद्ध कारण देखाउ आदेश जारी भएको थियो । पुस २२ गतेको सुनुवाइमा अधिवक्ताहरूले बृहत् पूर्ण इजलास माग गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सोही दिन संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन विरुद्धको रिट नहेर्ने घोषणा गरेका थिए । 

Vianet communication
Laxmi Bank

बुधवार कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा समावेश गरिएको छ । बुधवार पनि शुरूमा रिट निवेदकले प्रतिनिधिसभा विघटन विरुद्धको रिट बृहत् पूर्ण इजलासमा हेर्न माग गर्ने तयारी गरेका छन् । विघटित प्रतिनिधि सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायत १२ जना निवेदकले यो मुद्दा बृहत् पूर्ण इजलासमा हेर्न पुस १८ गते सर्वोच्चमा निवेदन दिएका थिए । 

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्या भण्डारीको कदमविरुद्ध विभिन्न १२ वटा रिट दर्ता भएको छन् । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार भएको भन्दै पुस १९ गते आइतवार सर्वोच्च अदालतमा जवाफ पठाएका छन् । सभामुख अग्नि सापकोटाले भने प्रतिनिधिसभा पुनःस्थापनाको संवैधानिक आधार रहेको दावीसहित जवाफ पठाएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि प्रधानमन्त्री ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गर्ने भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x