×

NMB BANK
NIC ASIA

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ४०० उजुरी

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४०४ उजुरी दर्ता भएका छन् । 

Muktinath Bank

चालू आवमा ४०४ उजुरी दर्ता भएकामा २१ वटा जग्गा विवादको मुद्दा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश उजुरी साँध सिमाना, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको न्यायिक समितिको संयोजक तथा उपप्रमुख भवानी डोटेल (धिताल) ले बताइन् । उनका अनुसार चालू आवमा ६ सिमाना विवाद, ७ सार्वजनिक जग्गा/बाटोसम्बन्धी, २ महिला तथा बालबालिका हिंसासम्बन्धी, जग्गा विवादका २१ र अन्य विविध विषयका ३८ उजुरी नगरपालिको न्यायिक समितिमा परेको छ । जसमा १७ वटा सहमति भएका छन् । २७ फैसला भएका, २ मुल्तबीमा राखिएको र ५८ प्रक्रियामै रहेको छ । 


Advertisment
Nabil box
Kumari

आव २०७६/७७ मा ९६ उजुरी दर्ता भएकामा २४ जग्गा विवाद, २० सार्वजनिक जग्गा/बाटो सम्बन्धी, ४ सिमाना विवाद, ३ महिला तथा बालबालिका हिंसासम्बन्धी र अन्य ४५ उजुरी दर्ता भएका छन् ।

Vianet communication
Laxmi Bank

यस अवधिमा ४४ मुद्दा किनारा लगाइएको छ । ११ उजुरी मेलमिलाप तथा सहमति भएका, २ उजुरी मुल्तबीमा राखिएको ३९ प्रक्रियामा रहेको उपप्रमुख डोटेलले बताइन् ।

घरेलु हिंसा र महिला हिंसाका उजुरीहरू नगरपालिकाको न्यायिक समितिमा अत्यन्त कम पर्ने गरिएको छ । सामाजिक परिवेश तथा चेतनाको कमीले पनि यस्ता खालको उजुरीहरु बाहिर ल्याउन हुन्न भन्ने मान्यताले उजुरी थोरै पर्ने गरेको बताइएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्धविच्छेद, घर निर्माण विवाद र ठगी–लेनदेनका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । 

आव २०७५/७६ मा ८१ वटा उजुरी दर्ता भएकामा २८ जग्गा विवादसम्बन्धी उजुरी परेको थियो । ९ सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, १९ सिमाना विवाद, २ सम्बन्धविच्छेद र एउटा महिला तथा बालबालिका हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा दर्ता भएका थिए । सो अवधिमा ३१ उजुरी न्यायिक समितिबाट फैसला गरिएको, २० सहमति भएका, ४९ प्रक्रियामै रहेको र एउटा मुल्तबीमा राखिएको थियो । 

चालू आवमा पनि न्यायिक समितिका उजुरीहरू आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आउने उजुरीहरू सबै लिखित रूपमै आउने गरेका छन् । उपप्रमुख डोटेलको संयोजकत्वमा रहेको समितिमा २ जना कानून व्यवसायी सदस्य छन् । समितिले दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमवार र बिहीवार इजलास राख्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x