कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिकामा मृत्युदण्ड पर्खिरहेकी एक महिलालाई सर्वोच्च अदालतले कानूनी अडचन फुकाएपछि विषालु सुई दिएर मृत्युदण्ड दिइएको छ ।
लिसा मोन्टगोमरी नामक ५२ वर्षीया ती महिलालाई स्थानीय समयअनुसार बुधवार बिहान १ः३१ मा इन्डियानास्थित फेडरल करेक्सनल कम्प्लेक्समा मृत घोषणा गरिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा मृत्युदण्ड पाउने उनी शायद अन्तिम कैदी हुन् ।
कान्सास घर भएकी मोन्टगोमरीले मिसूरीमा सन् २००४ मा गर्भवती महिला बबी जो स्टिनेटको पेट काटेर बच्चा निकालेकी थिइन् र आफ्नै बच्चा जस्तो गरी प्रस्तुत गर्न खोजेकी थिइन् । स्टिनेटको हत्या गरेकोमा उनलाई मृत्युदण्ड दिइएको हो ।
मोन्टगोमरीका वकिलहरूले भावुक बयान जारी गर्दै मृत्युदण्डको भर्त्सना गरे, ‘असफल प्रशासनको रक्तपिपासा आज स्पष्ट देखियो ।’
बुधवार मृत्युदण्ड कक्षको पर्दा उठाइँदा पत्रकारहरूले बाक्लो शीशाको भित्तोबाट घुरेर हेर्दा मोन्टगोमरी एकछिन त छक्क परेकी थिइन् ।
मृत्युदण्ड प्रक्रिया शुरू भएपछि मोन्टगोमरीसँग उभिएकी महिला अलिकति झुकिन् अनि उनको फेस मास्कलाई बिस्तारै हटाइन् र अन्तिम इच्छा केही छ कि भनी सोधिन् । सानो स्वरमा मोन्टगोमरीले केही छैन भनिन् ।
उनले केही सेकेन्डसम्म नर्भस हुँदै औंलाले कुुर्सीमा टकटक गरिन् अनि सुई लगाएको केही क्षणमै आँखा चिम्लिन् ।
खासमा उनको मृत्युदण्डको समय मंगलवार बेलुका ६ बजेका लागि निर्धारण गरिएको थियो तर उनका वकिलहरूले अपील गरेपछि सारिएको थियो । उनी मानसिक रूपमा अशक्त रहेको र उनले जिन्दगीभरि खतरनाक यौन हिंसा सहनुपरेको वकिलहरूको तर्क थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...