मृत्युअघि सुशान्तले हातैले लेखेको चिट्ठी सामाजिक सञ्जालमा भाइरल

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको ७ महिना पुगेको छ । तर उनको निधनको खास गुत्थी अहिलेसम्म सुल्झिन सकेको छैन ।

हालै सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले सोशल मिडियामार्फत् सुशान्तले हातले लेखेको चिट्ठी सार्वजनिक गरेकी छिन् ।  


Advertisement

यस चिट्ठीमा सुशान्तले आफ्नो ३० वर्षको जीवनबारे केही लेखेका छन् । यो चिट्ठी शेयर गर्दै स्वेताले लेखेकी छिन्, ‘दाइले लेखेको, यो सोच बहुत गहिरो छ ।’ 

सुशान्तको चिट्ठीमा लेखिएको छ, ‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० साल खर्च गरें । पहिले ३० साल केही बन्नका लागि कोशिशमा रहें । मैले हरेक चिजमा राम्रो गर्न चाहन्छु । टेनिस, स्कूल तथा माथिको अध्ययनमा राम्रो गर्न चाहेको थिएँ ।’


Advertisement

सुशान्तले लेखेको पत्र पूरै पढ्दा भावुक बनाउने खालको छ । 

पछिल्लो केही घण्टायता उनको यो पत्र सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्