×

NMB BANK
NIC ASIA

नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई बुझाए जवाफ, कुन पक्षको जिकिर कस्तो ?

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आयोगले दिएको सात दिने म्यादको अन्तिम दिन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल 'प्रचण्ड'–माधवकुमार समूहले आयोगलाई जवाफ पठाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले दुवै पक्षबाट जवाफ प्राप्त भएको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन नै नभएको जिकिर गरेका छन् ।

Vianet communication
Laxmi Bank

अर्को समूह भनिएका प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल वरिष्ठ नेता कायम रहेको जवाफ ओलीले दिएका छन् ।

आफू नै पार्टीको पहिलो वरीयताको अध्यक्ष रहेको र आफ्नै नेतृत्वमा पार्टी कायम रहेको जिकिर ओलीको छ ।

उता प्रचण्ड-नेपाल पक्षले भने आयोगले मागेका कागजात र विवरण आफूहरूले पहिले नै पठाइसकेको जवाफ आयोगलाई दिएको स्रोतको दाबी छ ।

उक्त पक्षले आयोगलाई संवैधानिक अंगको धर्म नबिर्सिन र त्यसले पार्न सक्ने दूरगामी असरका बारेमा सोच्न आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजनको अवस्थामा पुगेको छ ।

दुवै पक्षले आ-आफ्नो तर्फबाट पत्र र निर्णयहरू अभिलेखीकरणका लागि निर्वाचन आयोगलाई बुझाउँदै आएका छन् ।

प्रचण्ड–नेपाल पक्षले झण्डै दुईतिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरू नै मूल नेकपा भएको दाबी गर्दै आएको छ भने ओली पक्षले पहिलो वरीयताको अध्यक्ष र महासचिव विनाका बैठकहरू आधिकारिक नहुने जिकिरसहित आफूहरू आधिकारिक पक्ष भएको दाबी गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x