×

NMB BANK
NIC ASIA

जगदम्बा मोटर्सले ल्यायो बहुप्रतिक्षीत गाडी ‘प्रोटोन साँगा’, कस्‍ता छन् विशेषता ?

माघ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जगदम्बा मोटर्सले चर्चित मलेशियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको "प्रोटोन साँगा" गाडी सार्वजनिक गरेको छ ।

Muktinath Bank

बुधवार कम्पनीले  आधिकारिक फेसबुक र युट्युब पेजमार्फत गाडी सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नयाँ तथा लेटेस्ट  मोडलको यो गाडी ४ चक्के अटोमोबाइलमा लोकप्रिय हुने दावी गरे ।


Advertisment
Nabil box
Kumari

उनले भने, नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन साँगाले अवस्य पनि नेपाली ४ चक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्ति गर्न सफल रहनेछ भन्नेमा हामी हार्दिक आशावादी छौँ"।

Vianet communication
Laxmi Bank

मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन साँगा नेपाली बजारमा लोकप्रिय हुने उनको विश्वास छ ।

प्रोटोन साँगा, प्रोटोनको इतिहासकै प्रथम गाडी हो, जुन १९८५मा प्रथम पटक सावर्जनिक गरिएको थियो।

विस्तारै समय संगै यसका नयाँ मोडलहरु निस्कँदै गए र साँगाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको छ।

यस गाडीमा १.३ लिटरको भिभिटि इन्जिन समाहित गरिएको छ, जसले अधिकतम क्षमताका साथ आनन्दको राइडको मज्जा दिलाउँदछ ।

यसमा एलिगेन्ट रिअर स्पोइलर, नयाँ १५ इन्चको एलोए व्हिल डिजाइन, रिमोट ट्रंक रिलिज, इन्फिनिट् वेभ फ्रन्ट ग्रिल, एलइडि डे टाइम रनिंग लेम्प, र स्टाइलिश रिअर बम्पर जस्ता आकर्षक एक्स्टिरियर फिचर्स रहेका छन् ।

यसैगरी यसमा स्टाइलिस सेन्टर पेनल, स्मार्ट्फोन कन्नेक्टिभिटि, थ्री युएसबी पोर्टस, मिटर कम्बिनेसन विथ मल्टि इन्फर्मेसन डिस्प्ले, बेन्च टाइप रियर फोल्ड, र स्ट्यरिङ्ग टिल्ट एड्जस्ट्मेन्ट जस्ता सुविधा सम्पन्न इन्टेरियर रहेका छन् जसले ड्राइभर  र पेसेन्जर दुवैलाई एक आरामदायी र सुबिधा सम्पन्न यात्रा गराउने कम्पनीको दावी छ ।

 यो गाडी सुरक्षाको दृष्टिकोणले पनि भरपर्दो रहेको छ । हिल होल्ड एसिस्ट, रियर पार्किङ्ग सेन्सर, रिभर्स क्यामेरा, एबिएस विथ इबिडि, ब्रेक एसिस्ट, र एलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता सुराक्षाका अत्याधुनिक सुविधा छन् ।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x