चीनको चमत्कार : ६२० किलोमिटर प्रतिघन्टाले दौडिने रेल बनाउँदै (भिडियो)

चीनले ६२० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने सुपरफास्ट बुलेट ट्रेनको प्रोटोटाइप सार्वजनिक गरेको छ ।

सुपर बुलेट मागलेभ ट्रेन नाम दिइएको उक्त रेलको मोडललाई चङ्तुमा बुधवार सार्वजनिक गरिएको थियो । 


Advertisement

चिनियाँ विज्ञहरू आफैंले बनाएको संसारको पहिलो ट्रेन हो भनी यसको सहनिर्माता साउथवेस्ट जियाओतोङ विश्वविद्यालयले जनायो । 

विश्वविद्यालयले दुई सरकारी कम्पनीहरू चाइना रेलवे ग्रूप र सीआरआरसी कर्पोरेसनसँग मिलेर द्रुत गतिको रेलको प्रोटोटाइप तयार पारेको सिन्ह्वा समाचार संस्थाले जनायो । 
 


Advertisement

मागलेभ ट्रेनहरूले डब्बालाई ट्य्राकमाथि उठाएर दौडाउन चुम्बकको उपयोग गर्छन् । 

यसो हुँदा चक्काको आवश्यकता पर्दैन र धर्षण पनि हुँदैन । छिटो र शान्त यात्रा गर्न मिल्छ ।

यसले गति लिने र गति घटाउने प्रक्रिया परम्परागत ट्रेनको भन्दा निकै द्रुत हुन्छ । परम्परागत ट्रेनमा भन्दा यसमा यात्रा गर्न बढी मज्जा आउँछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्