मर्न लागेका व्यक्तिलाई बचाउन पिलाइयो रक्सी !

मदिरापान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । 

तर भियतनाममा एक व्यक्तिलाई बीयर पिउन दिएर ज्यान जोगाइएको अनौठो घटना सार्वजनिक भएको छ । उसको ज्यान बचाउनका लागि चिकित्सकहरूले १५ क्यान बीयर पिलाएका थिए । 


Advertisement

उक्त व्यक्तिको नाम गुयेन व्याट हाट हो र उमेर ४८ वर्ष बताइएको छ । उनलाई अल्कोहल पोइजनिङ भएको थियो । 
 

बीयर पिलाएपछि उनको ज्यान जोगियो । बीयरमा भएको एथानोलले रक्सीमा हुने मेथनोललाई काट्छ । बीयरले लिभर सफा गर्छ र संक्रमण घटाउँछ । 


Advertisement

त्यसैले चिकित्सकहरूले एक एक घन्टाको अन्तरमा बीयरको क्यानबाट पम्प गर्दै रोगीको शरीरमा बीयर पुर्‍याए । पन्ध्र क्यान बीयर शरीरमा पुगेपछि बल्ल रोगीलाई होश आयो । 

उपचार गर्ने चिकित्सकका अनुसार, रोगीको रगतमा मेथनोल अल्कोहलको स्तर निर्धारित सीमाभन्दा १.११९ गुणा बढी थियो । शरीरमा भएको मेथनोल अक्सिजनाइज्ड भएपछि फर्मलडिहाइड बन्यो र फर्मिक एसिड उत्पादन गर्न थाल्यो । त्यसले रोगीलाई चक्कर लाग्ने बनाउँछ । 

तर अनौठो उपचारपछि गुयेनको ज्यान बचेको छ । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्