सञ्चारकर्मी उदयराजको ‘एकबारको जुनीमा’ सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनीमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई  टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । 


Advertisement

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहेका  न्छ । 

उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्