×

NMB BANK
NIC ASIA

देशैभर उत्साहजनक लहर आएको ओली समूहको निष्कर्ष, निर्वाचनमा केन्द्रित हुन निर्देशन

माघ १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा ओली समूहको अनौपचारिक बैठकले घोषित मितिमै निर्वाचन गराउने विषयमा पार्टी एकजुट भएर लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

Muktinath Bank

बिहीवार अपराह्न बालुवाटारमा नेकपाको ओली पक्षीय स्थायी कमिटी सदस्यहरू बैठकमा उपस्थित थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनौपचारिक बैठकमा सहभागी प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले मेचीदेखि महाकालीसम्म पार्टीले गरेको प्रदर्शन र त्यसले ल्याएको लहरलाई निर्वाचनसम्म कायमै राख्नुपर्ने निष्कर्ष निकालिएको बताए । 


Advertisment
Nabil box
Kumari

नेम्वाङले लोकान्तरसँग भने, ‘अहिले देशैभरि जसरी वेभ आएको छ, त्यसलाई निर्वाचन मितिसम्म कायमै राख्ने निष्कर्ष निकालिएको छ ।’

Vianet communication
Laxmi Bank

उनले पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको पनि समीक्षा भएको बताए । 

‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दा र अन्य विषयमा ब्रिफिङ गर्नुभयो,’ नेम्वाङले भने, ‘वैशाख १७ र २७ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर आधार तयार गर्दै अघि बढ्नुपर्ने निर्देशन उहाँले दिनुभएको छ ।’

बिहीवारको अनौपचारिक बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा सोचेभन्दा बढी लहर आइरहेको बारेमा चर्चा भएको थियो । 

ओलीपक्षका एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरू उपस्थित भेलामा ओलीले सबैलाई निर्वाचन केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x