ग्यास सिलिण्डर बिस्फोट हुँदा ३ घाइते

दाङको तुलसीपुरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ बर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका छन । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन।घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।

१३ बर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माका अनुसार वलीले आफुले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बिस्फोट हुँदो आगलागी भएपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्