×

NMB BANK
NIC ASIA

विवाहेत्तर सम्बन्ध छुटाउन मानसिक अस्पतालदेखि सुधार केन्द्रसम्म

माघ २, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार साँझतिर कुपन्डोलको एक घरबाट ३० वर्षीय युवाको उद्धार गर्‍यो ।

Muktinath Bank

आफ्नै घरमा परिवारले बन्धक बनाएको सूचनाका आधारमा प्रहरीले उनलाई घरबाटै उठाएको थियो । परिसरमा ल्याइपुर्‍याउँदा उनीसँग ल्यापटपबाहेक मोबाइल र परिचय खुल्ने कुनै कागजत थिएन । प्रारम्भिक बयानमा उनले आफूलाई परिवार र ससुरालीका सदस्यहरू मिलेर व्यक्तिगत स्वतन्त्रता छिनेको र कागजात सबै खोसेर घरमै बन्धक बनाएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती युवाको उद्धार प्रहरीले गर्नुपर्ने अवस्था किन आयो भनेर बुझ्न सात महिनाअघिदेखिका घटनाक्रम केलाउनुपर्ने हुन्छ । कान्तिपुरले ती युवा, उनका बाबु, राष्ट्रिय मानवअधिकार आयोगका अनुसन्धान अधिकारीहरू, प्रहरी र केही स्रोतसँग सम्पर्क गरेर उनलाई उद्धार गर्नुपर्ने परिस्थितिको निर्माण कसरी भयो र यसभित्र कस्तो कथा लुकेको छ भन्नेबारे उधिन्यो ।


Advertisment
Nabil box
Kumari

प्रेम गरेकी युवतीसँग परिवारको सहमतिमा विवाह गरेर अस्ट्रेलियामा बस्दै आएका ती युवा उतै छँदा एक युवतीसँग विवाहेत्तर सम्बन्धमा थिए । केही वर्षअघि अस्ट्रेलियाबाट फर्केपछि ती युवा काठमाडौंकै एक निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गरिरहेका थिए । उनी श्रीमतीसँगको सम्बन्धमा बेखुस थिए । अर्की केटीसँग लागेको भन्दै उनलाई बाबुआमा र सासूससुराले सम्बन्धबाट बाहिर निकाल्ने
प्रयासमा लागिरहेको देखिन्छ । विवाहेत्तर सम्बन्धको यही उल्झनका बीच ती युवाका बाबुआमा, सासूससुरा र श्रीमतीसँग द्वन्द्व बढेको देखिन्छ ।

Vianet communication
Laxmi Bank

ती युवाले स्वतन्त्र जिन्दगी बाँच्न खोजेको, पहिलो श्रीमतीसँग बस्न नचाहेको र त्यसका निम्ति कानुनी प्रक्रिया अपनाउन पाउनुपर्ने भन्दा आफूलाई जबर्जस्ती बन्धक बनाइएको बताए । विवाहेत्तर सम्बन्धमा परेकी केटी लिएर गत चैतमा भारतको दिल्ली गएपछि उनलाई परिवारले मनाएर नेपाल ल्यायो । त्यसको केही दिनमै उनी सोही केटीसँग पोखराको स्यानिपाटन गएर बस्न थाले । स्यानिपाटन बसेकै बेला उनी गत असार पहिलो सातातिर काठमाडौं आएका थिए । काठमाडौं आएर सम्पर्क बाहिर रहेपछि उनकी पत्नीले जिल्ला प्रहरी कार्यालय कास्कीमा ‘श्रीमान्को खोजी गरिपाऊँ’ भनेर निवेदन दर्ता गर्न खोजेको देखिन्छ । त्यही बेला राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयमा पनि ‘बन्धकमुक्त गराइपाऊँ’ भनेर निवेदन दर्ता भएको देखिन्छ ।

असार अन्तिम साता ती युवाले परिवार र सासूससुराले आफूलाई जबर्जस्ती एकान्तकुनास्थित रिदम न्युरोसाइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टरमा बन्धक बनाएर राखेको र आफू जुनसुकै बेला पनि मारिन सक्ने अवस्था रहेको भन्दै भिडियो सन्देश पठाएका थिए । स्रोतका अनुसार यही भिडियो सन्देश राष्ट्रिय मानवअधिकार आयोग पुल्चोकमा पनि पुगेको देखिन्छ । आयोगका एक अनुसन्धान अधिकारीले बयस्क पुरुष बन्धक भएको भन्ने सूचना पाएपछि त्यसको जानकारी प्रहरी प्रधान कार्यालयमा पनि दिएको थियो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट डीआईजी दुर्गासिंह चन्दले आफैं आयोगमा आएर घटनाबारे बुझेकी थिइन् । ती युवाले अस्पतालभित्रबाट पठाएको भिडियो कान्तिपुरलाई पनि प्राप्त भएको छ । भिडियोमा उनले आफूलाई जबर्जस्ती मानसिक अस्पतालमा राखिएको र लठ्याउने औषधि दिइएको बताएका छन् ।

 ती युवाले आफूलाई कुनै पनि मानसिक समस्या नरहेको र परिवारले जबर्जस्ती आफूलाई अस्पतालमा भर्ना गरेको दाबी गरे । उनले भने, ‘मेरो स्वास्थ्यबारे निष्पक्ष परीक्षण भयो भने सबै कुरा बाहिर आउँछ ।’ योबीचमा परिवारका सदस्यहरूले आफूलाई जबर्जस्ती तनावमा आएर बन्धक भएको कुरा बताउन लगाएको र अहिले कुनै समस्या नरहेको भन्दै मानवअधिकार आयोगमा पनि फोन गर्न बाध्य बनाएको उनले बताए । आयोगका एक अनुसन्धान अधिकारीले पनि उनले फोन नै गरेर आफूलाई समस्या नरहेको बताएपछि अनुसन्धान रोकेको जानकारी दिए ।

अस्पतालमा राखिएको सूचना बाहिरिएपछि परिवारले ती युवालाई लागूऔषध पुनःस्थापनाका निम्ति काम गर्ने नार्कोनन नेपाल पुनःस्थापना केन्द्रमा लगेर भर्ना गरेको थियो । तर सूचना चुहिने डरले परिवारले उनलाई अर्कै नाममा नार्कोननमा भर्ना गरेको थियो । उनीसँगै बूढानीलकण्ठको पुनःस्थापना केन्द्र बसेर बाहिरिएका एक जनाले लागू औषधका अरू दुर्व्यसनीलाई विभिन्न औषधिहरू चढाइने गरे पनि उनलाई दुर्व्यसनी छुटाउने खालको कुनै औषधि नदिइएको बताए । तिनले भने, ‘लागूऔषध प्रयोगकर्ता नै नभईकन पनि परिवारले उनलाई त्यहाँ राखेको देखेपछि म छक्कै परें ।’ नार्कोननमा ती युवासँगै बसेका र पछि छुटेका अर्का एक युवाले पनि उनलाई केटीसँग छुटाउनकै लागि परिवारले जर्बजस्त रिह्याब सेन्टरमा भर्ती गरेको आफूले त्यहीं छँदा थाहा पाएको बताए ।

ती युवाले आफूलाई नार्कोननको बूढानीलकण्ठ र ककनीमा गरेर करिब पाँच महिना राखिएको बताए । उनले भने, ‘केटीसँगको सम्बन्ध छुटाउनका निम्ति परिवारले मलाई लागूऔषध दुर्व्यसनी र मानसिक रोगीझैं व्यवहार गरेर बन्धक बनायो ।’ नार्कोननको पाँचमहिने बसाइपछि उनलाई चाबहिलस्थित ससुराली घरमा राखिएको थियो ।

बुधबार ती युवालाई उद्धार गरिनुअघि कान्तिपुरले उनका बाबुसँग पनि सम्पर्क गरेको थियो । उनले आफ्नो छोरालाई कुनै समस्या नरहेको र बन्धक बनाइएको भन्ने पुराना निवेदनहरू सबै फिर्ता लिइसकेको बताएका थिए । छोरा आफैंले फोन बोक्न नचाहेको भन्दै उनलाई कसैसँग सम्पर्क गर्न नरोकिएको दाबी गरेका थिए । प्रहरीको प्रारम्भिक बयानमा भने ती युवाले आफूलाई घरमै बन्धक बनाइएको र परिवारका सदस्यले भनेअनुसार नगरे जे पनि गर्ने धम्की दिइएको बताए । उनले भने, ‘मेरो सम्बन्धकै कुरालाई लिएर मलाई मानसिक अस्पतालदेखि दुर्व्यसनी सुधार केन्द्रसम्म राख्ने अधिकार परिवारले कसरी पायो ?’

महानगरीय प्रहरी वृत्त ललितपुरकी एसएसपी किरण बज्राचार्यले घरभित्रै बन्धक बनाइएको भन्ने सूचनाका आधारमा उनको उद्धार गरिएको बताइन् । उनले बयस्क नागरिकले स्वतन्त्रपूर्वक बाँच्न पाउने कानुनप्रदत्त हकको मात्रै आफूहरूले सम्मान गरेको बताइन् । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x