×

NMB BANK
NIC ASIA

खुल्यो इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै ठूलो आईपो, कसैको हात खाली नहुने

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो साधारण शेयर निष्काशन गरेको छ ।

Muktinath Bank

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता निष्कासन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले कूल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरूका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । 


Advertisment
Nabil box
Kumari

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । 

Vianet communication
Laxmi Bank

हाल संस्थापकहरूबाट १२ अर्ब चुक्ता भएकोमा जारी पूँजीकै ४० प्रतिशत बराबरको साधारण शेयर निष्काशन गरी बाँडफाँड पछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्वाधार विकास सम्बन्धी व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूँजी व्यवस्था गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ ।

बैंकले आईपीओबाट प्राप्त रकम चालु आवमा ४ अर्ब ३२ करोड रुपैयाँ स्वीकृत पुर्वाधार परियोजनाहरुमा कर्जा तथा सापटमा र ३ अर्ब ६८ करोड रुपैयाँ उच्च लगानी प्रतिफल दिने बजारका लगानी उपकरणहरुमा उपयोग गर्ने कार्ययोजना बनाएको छ । आगामी आवबाट बैंकले आफ्नो लगानी विस्तार गर्दै पूँजीको प्रतिफल बढाउँदै लैजाने जनाएको छ ।

यसैगरी बैंकको प्रबन्धपत्र तथा विनियमावलीमा उल्लेखित उदेश्य अनुरुपको कार्य गर्नका लागि आवश्यक पूँजी संकलन गर्ने तथा बैंकको प्रबन्धपत्रमा उल्लेखित जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी कम्पनी सञ्चालनमा सर्वसाधारणको प्रतिनिधित्व गराउन आईपीओ जारी गर्न लागेको हो ।

लगानीकर्ताले बैंकले जारी गर्ने आईपीओमा लगानीकर्ताले आफ्नै बैंक खाता रहेको नेपाल धितोपत्र बोर्डबाट सि(आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु, मेरो शेयरको वेवसाइट तथा मेरो शेयरको मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकको माघ २ गते शुक्रबारदेखि ६ गते मंगलबारसम्म आईपीओमा आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वच्छिक रुपमा र ५ लाखभन्दा बढीको आवेदन दिने लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । 

अहिले नै आवेदकले यति नै शेयर पाउँछन् भन्न नसकिएपनि यो बैंकको आईपीओ भर्ने सबै आवेदकले हात खाली नहुने पूँजीबजार विज्ञहरूले बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x