मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो ।
ब्वाइजतर्फ नै मिलन ‘ए’, ‘बी’ र ‘डी’, भीएस निकेतन कलेज ‘ए’, रोशन, मनास्लु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआइए, टिम रावत र ओमेगा टोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी गल्र्सतर्फ सूर्योदय, साइपाल, लिम्पिया, भीएस निकेतन कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उक्त प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गल्र्सतर्फ १६ टोली सहभागी छन् ।
ब्वाइजतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रोले रु १० हजार र तेस्रोले रु पाँच हजार तथा गल्र्सतर्फ पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु आठ हजार र तेस्रो हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता शनिबारसम्म चल्ने छ ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...