इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रवार बिहान ६.२ म्याग्निच्युडको भूकम्प गएपछि २६ जनाको मृत्यु भएको छ र सयौंजना घाइते भएका छन् । 

बीसौं घर र एक ठूलो अस्पताल क्षतिग्रस्त भएका छन् । 


Advertisement

मामुजु शहरमा भूकम्प आएको इन्डोनेसियाको विपत नियन्त्रण निकायले जनायो । भूकम्प जम्मा १८ किलोमिटरको गहिराइबाट शुरू भएको थियो । 

उद्धारकार्य चलिरहेको छ । 


Advertisement

भूकम्पपछि अनेकौं परकम्पहरू आएका थिए । 

विपत व्यवस्थापन विभागका प्रमुख रादित्य जातिले दुई हजार स्थानीयलाई उक्त क्षेत्रबाट अन्तै सारिएको बताए । तीमध्ये केही अस्थायी शिविरमा बसिरहेका छन् । 

भूकम्पका कारण विद्युत् आपूर्ति पनि ठप्प भएको छ । 

प्रशान्त महासागरको रिंग अफ फायरमा पर्ने इन्डोनेसियामा भूकम्पको अतिजोखिम छ ।  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्