×

NMB BANK
NIC ASIA

अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ : जाँदाजाँदै थप ध्वस्त पार्दैछन् देशको छवि

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हालैका दिनमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओमा एकखाले भूत सवार भएको छ । 

Muktinath Bank

उनले इरानमाथि अल कायदा आतंकवादीलाई आधारभूमि बनाउन दिएको आरोप लगाए । आतंकवादविरुद्धको युद्धका नाममा इरानमाथि हवाई आक्रमण गर्नका लागि उनले भूमिका बाँधेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पम्पेओले आफ्नो बहुलट्ठीपूर्ण दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । अल कायदाका वहाबी र इरानका शियाले एकअर्कालाई देखिसहँदैनन् भन्ने कुरालाई पनि उनले बेवास्ता गरे । अनि इरानको सैन्य गठबन्धनले सिरिया र इराकमा अल कायदा जस्ता आतंकवादी समूहहरूलाई सिध्याइरहेको पनि उनले ध्यान दिएनन् । 


Advertisment
Nabil box
Kumari

पम्पेओसँग तर्कशीलता र बुद्धिमत्ता दुवै छैन । उनी अमेरिकी साम्राज्यवादका कुत्सित प्रचारक हुन् । 

Vianet communication
Laxmi Bank

त्यसलगत्तै पम्पेओले क्युबालाई आतंकवादको समर्थन गर्ने राज्यहरूको सूचीमा पुनः राखे । त्यसलाई पुष्टि गर्न उनले कुनै प्रमाण दिएनन् । क्युबाले भेनेजुएलाका राष्ट्रपतिलाई समर्थन गरेको भन्ने आरोपका आधारमा कालोसूचीमा राखिएको हो । तर वास्तवमा भन्ने हो भने आतंकवादको समर्थन गर्ने राज्य अमेरिका हो किनकि उसले भेनेजुएला र क्युबालाई लामो समयदेखि आर्थिक रूपमा घाँटी थिचिरहेको छ । 

पम्पेओले यमनका हूती विद्रोहीहरूलाई विदेशी आतंकवादी सूचीमा राखिएको घोषणा पनि गरे । उक्त कदमलाई संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकहरूले भर्त्सना गरेका छन् । यमनमा मानवीय सहायता पुर्‍याउने प्रयासलाई त्यस कदमले अवरोध गर्नेछ । अमेरिकाको समर्थन पाएको साउदी अरबले यमनमा पाँच वर्षदेखि क्रूर युद्ध गरिरहेकाले मानवीय संकट आएको छ । 

तर आफूलाई कट्टर क्रिस्चियन भन्ने माइक पम्पेओले युद्धका भयानक परिणाममा विचार गर्ने फुर्सदै पाएका छैनन् । उनी त इजरायलको गुप्तचर संस्था मोसादका प्रमुखसँग वाशिङटन डीसीमा डिनर खाँदै सूचना आदानप्रदान गर्छन् । त्यसको दुई दिनपछि इजरायलले पूर्वी सिरियामा हवाई आक्रमण गर्दा कैयौं मानिसको मृत्यु भएको थियो । 

चीन र रुसलाई पनि पम्पेओले थप चिढ्याए । अमेरिका र ताइवानबीच औपचारिक सम्पर्क आरम्भ भएको घोषणा उनले गरे । त्यसले चीनको सार्वभौमसत्तामा धावा बोल्यो र बेइजिङलाई आक्रोशित तुल्यायो । 

रुसको कुरा गर्दा अमेरिकाको परराष्ट्र मन्त्रालयले नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइनको निर्माणमा संलग्न युरोपेली कम्पनीमाथि थप आर्थिक प्रतिबन्ध लगाउन खोजिरहेको छ । 

संसद् भवनमा हिंस्रक आक्रमण भड्काएकोमा दोस्रोपटक महाअभियोग लगाइएपछि ट्म्पले हिंसा र तोडफोड हाम्रो देशमा सह्य छैन भनी बयान दिएका थिए । तर पम्पेओले कार्यकाल सकिन लाग्दा कूटनीतिको साटो हिंसा र तोडफोड गरिरहेका छन् । 

बाइडन प्रशासनले अन्तर्राष्ट्रिय सम्बन्धमा कष्ट बेहोर्नुपरोस् भनी पम्पेओले जथाभावी गरिरहेको स्पष्ट छ । पम्पेओले जागिर खुस्किने बेलामा गरेका बहुलट्ठीपूर्ण कामलाई बाइडनको टोलीले सिद्धान्ततः उल्ट्याउन त सक्छ । तर प्रशासनिक ढिलाइका कारण त्यसलाई मिलाउन महिनौं लाग्छ । भत्केका सम्बन्ध बनाउन र विश्वास पुनः आर्जन गर्न समय त लाग्छ नै । 

पम्पेओको लक्ष्य भनेको रुस र चीनसँग अमेरिकाको सम्बन्ध ध्वस्त पार्ने अनि बाइडनले चाहे भने पनि त्यसलाई मर्मत गर्न नसक्ने स्थितिमा पुर्‍याउनु हो । बाइडनले पम्पेओका पछिल्ला कदमलाई उल्ट्याए भने पनि उनी मस्को वा बेइजिङप्रति नरम भएको भनी आलोचना गरिनेछ । 

अमेरिकी परराष्ट्रनीति पम्पेओको अपराधी मानसिकता र व्यवहारको बन्दी बन्नु निन्दनीय छ । त्यसो त सीआईएका पूर्व प्रमुख रहेका पम्पेओले ठग्ने, झूटो बोल्ने र चोर्ने विशेषता रहेकोमा एकपटक घमण्ड गरेका थिए । 

परराष्ट्र मन्त्रालयमा कार्यकाल सकिन लाग्दा उनी त्यो विशेषतालाई अनुशासनहीन तरिकाले अवलम्बन गरिरहेका छन् । 

यसै साता पम्पेओले युरोपको भ्रमण रद्द गर्नुपरेको थियो किनकि युरोपेली मुलुकका परराष्ट्रमन्त्रीहरूले उनलाई भेट्न चाहेनन् । त्यसो त युरोपेली राजनीतिकर्मीहरू अमेरिकाको पाउ मोलिरहेका हुन्छन् तर उनीहरूलाई पनि यी घिनलाग्दा परराष्ट्रमन्त्रीसँग कुराकानी गर्न मन लागेको छैन । 

दुईपैसे, अपराधी र पटमूर्ख : ट्रम्प प्रशासनका सबै नकारात्मक विशेषतालाई पम्पेओले प्रतिनिधित्व गरेका छन् ।

स्पुतनिक न्युजमा प्रकाशित फिनियन कनिंघमको आलेख
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x