पाइपलाइनबाट डिजल चोरीको प्रयास, निगमले भन्यो : कुनै क्षति भएको छैन

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल चोरीको प्रयास भएको छ । 

भारतको बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिकै पाइपलाइनबाट डिजल चोरिको प्रयास भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । 


Advertisement

डिजल चोरीको प्रयास भएपनि कुनै ठूलो परिमाणको क्षति नभएको निगमको भनाइ छ । 

प्रवक्ता उपाध्यायले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल भारत सीमाको रक्सौल नाकादेखि करिब सय किलोमिटर भारततर्फ चोरिको प्रयास भएको बताउँदै यसले नेपाल आयाल निगमलाई कुनै क्षति नभएको जनाएका छन् । 


Advertisement

प्राधिकरणले अहिले उक्त पाइपलाइनबाट २ लाख ५० हजार लिटर प्रति घन्टाका दरले डिजल आयात गरिरहेको समेत जनाएको छ । 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्