×

NMB BANK
NIC ASIA

नेपाल–भारत मन्त्रीस्तरीय बैठक दिल्लीमा सम्पन्न, सीमाको विषयमा के भयो कुराकानी ?

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दिल्लीमा सम्पन्न भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डामा छलफल भएपनि कालापानी क्षेत्रको विषयमा भने कुनै सहमति भएको छैन ।


Advertisment
Nabil box
Kumari

नेपाली भूमि भारतले मिचेर नयाँ नक्सा जारी गरेपछि विवाद फेरि सहतमा आएको थियो । 

Vianet communication
Laxmi Bank

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा प्रकाशित गरिसकेको छ । 

यो विषयलाई नेपालले संयुक्त आयोगको बैठकमार्फत् समाधान गर्न भारतसँग आग्रह गर्दै आइरहेको छ । 

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दुई देशका बीचमा बाँकी रहेका समस्या समाधान गर्ने र सहयोगको बाटो खोलेको बताए । 

‘नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । भ्रमणको शिलशिलालाई अझ अगाडि बढाउने र दुईदेशका बीचमा  बाँकी रहेका समस्या समाधान गर्ने सहयोगको बाटो खोलेको छ’ आचार्यले भने । 

राजदूत आचार्यले परराष्ट्रमन्त्रीको भ्रमणपछि नेपालले कोभिड १९ विरुद्धको खोप पाउने सुनिश्चित भएको बताए । 

‘हामीले भरपर्दो आश्वासन पाएका छांै, कोभिड १९ को खोप हामीलाई उपलब्ध हुनेछ । छिट्टै र उपयुक्त मात्रामा प्राप्त हुनेछ । पहिलो चरणमा प्राप्त भएपछि दोस्रो चरणका लागि सहजता हुनेछ,’ आचार्यले भने । 

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकअघि शुक्रवार बिहान मन्त्री ज्ञवाली र जयशंकरबीच हैदरवाद हाउसमा भेटवार्ता भएको थियो । 

भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य तथा भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृङ्गला पनि सहभागी थिए । 

नेपालमा प्रतिनिधि सभा विघटनपछि मन्त्री ज्ञवाली सरकारको तर्फबाट भारतमा पहिलो औपचारिक भ्रमण हो । 

तीन दिने भ्रमणका लागि मन्त्री ज्ञवाली बिहीवार नयाँ दिल्ली गएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x