×

NMB BANK
NIC ASIA

नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रर्दशन

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दैवी विपत्तिको बेला  नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारका कला आज सार्वजनिकरूपमा प्रर्दशन गरेको छ । भूकम्प दिवस अन्तरगत जिल्ला विपद् व्यवस्थापन समितिको आदेशमा नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते वा बिचलित भएका व्यक्तिलाई गरिने उद्धारको कला प्रस्तुत गरेको थियो ।

Muktinath Bank

नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरूपमा गर्ने  खोज उद्धारका तौर तरिकाको बारेमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सुरक्षा निकायमार्फत भूकम्प दिवसका अवसर पारेर सार्वजनिकस्थलमा पहिलो पटक कला प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वप्रथम आकस्मिकरूपमा बिपद् परेका व्यक्तिलाई खोजउद्धार गरी अस्पताल पठाउने, दोश्रोमा चौपाया खोज्ने र तेस्रोमा पुरिएका धनमाल खोजतलास गरी नेपाल प्रहरीमार्फत स्थानीय जनप्रतिनिधिको रोहवरमा घाइतेका आफन्तजनलाई बुझाउने कलाको प्रर्दशन भएको थियो ।


Advertisment
Nabil box
Kumari

असहज ठाउँका घाइते व्यक्तिलाई डोरी एवं घरमा पुरिएका व्यक्तिलाई औजार सामग्रीको सहायताले बाहिर निकाली उपचारमा पठाइएको कलासमेत सर्वसाधारण माझ नेपाली सेनाले प्रस्तुत गरेको कार्यक्रमका सहभागिले बताए । बिपद् परेका व्यक्तिलाई गरिने उद्धारको नमुना देखाई आम नागरिकको मनोवल उच्चपार्ने कार्यमा नेपाली सेनाले गरेको कला प्रर्दशनबाट खोज तथा उद्धारमा जुट्न स्थानीय वासिन्दासमेतलाई चेतनाको अभिवृद्विमा मद्दत पुगेको स्थानीय समाजसेवी सोनाम साङ्मो तामाङले जानकारी दिए । भूकम्प दिवस अन्तरगत जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र रेडक्रस रसुवा शाखाको सहयोगमा प्रभातफेरीका कार्यक्रम सम्पन्न भएको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x