×

NMB BANK
NIC ASIA

विपद्का कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए ।

Muktinath Bank

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन कार्यक्रममा भूकम्प सुरक्षा दिवसको सन्देश पठाउँदै उहाँले गोरखा भूकम्पको असरबाट मुलुक अझै पूर्ण रुपमा तङ्ग्रिनसकेका अवस्थामा भूकम्पका कारण भएको क्षतिलाई सरकारले बदलिरहेको र दत्तचित्त भएर पुनर्निर्माणलाई अन्तिम चरणमा पु¥याएको जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले विसं २०७२ को भूकम्पपछिको पुनर्निर्माणलाई आधार बनाएर सरकारले यस वर्षको बाढीपहिराले क्षति गरेको देशभरिका हजारौँ घरको पुनर्निर्माण गर्ने कार्यविधि यसै साता पारित गरेको जानकारी पनि दिए ।


Advertisment
Nabil box
Kumari

विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दिगो विकास लक्ष्य तथा पेरिस सम्झौतालगायत अन्तरराष्ट्रिय अनुबन्धले तय गरेको प्राथमिकता र लक्ष्यलाई आधार मानेर नेपालका सन्दर्भमा हाम्रा आफ्नै प्राथमिकता एवं लक्ष्य तोक्ने र सोहीमुताविक निश्चित कार्ययोजनाका साथ अघि बढ्न नेपाल दृढ सङ्कल्पित रहेको सन्देशमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

 विसं २०७२ को भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको सन्देशमार्फत बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पपछि पुनर्निर्माणको काम अलि ढिलो गरी पूरा गर्न लागिएको र पुनर्निर्माण सबल ढङ्गले फेरि नढल्ने गरी सम्पन्न गर्न निकै हरदम सफल भएको बताए ।

 देशैभरि बन्ने नयाँ घरको सुरक्षित निर्माणका लागि नगरपालिका र गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय तथा बहुपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको जनाउँदै उनले  नेपालको अनुभव अन्य देशलाई पनि अनुकरणीय रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x