×

NMB BANK
NIC ASIA

भारतको प्रस्ताव : सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाऔं

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने सम्बन्धमा नेपालले प्रवेश गर्न खोजे पनि भारतले भने सो विषय छुट्टै संयन्त्र बनाएर मात्रै हल गर्ने प्रस्ताव राखेपछि त्यससम्बन्धी छलफल अगाडि बढ्न सकेन । तर सीमा व्यवस्थापनबारे भने छलफल भएको जनाइएको छ ।

Muktinath Bank

यसअघि नेपाल र भारत सरकारद्वारा गठित प्रबुद्ध समूहको प्रतिवेदनसमेत बैठकमा एजेन्डा बन्न सकेन । । यसअघि सन् २०१६ मा नेपाल–भारत सरकारद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले अढाई वर्षअघि तयार पारेको प्रतिवेदनको विषयले प्रवेश पाएन । ईपीजीको पहिलो बैठकले सन् १९५० को नेपाल–भारत सन्धि परिमार्जन गर्ने निर्णय गरेको थियो । यो विषयले लामो समयसम्म चर्चा भए पनि पुनरावलोकनको विषय झनै अनिश्चित बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल भारत–संयुक्त आयोगको बैठकपछि आयोजक मुलुक भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको कतै उल्लेख गरिएको छैन । सीमा व्यवस्थापनको विषयमा कुरा भएको भनिए पनि लिपुलेक र लिम्पियाधुराको विषयमा भने कुरा नउठेको जनाइएको छ । नेपाल र भारतको संयुक्त आयोगको बैठकअघि बिहीबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीमा विवादको विषय छुट्टै संयन्त्रबाट हल गरिनुपर्ने जनाइसकेको थियो ।


Advertisment
Nabil box
Kumari

भारतको तीन दिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीच करिब एक घण्टा भेटवार्ता भएको थियो ।

Vianet communication
Laxmi Bank

दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतका व्यक्ति सहभागी थिए ।

बैठकपछि भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको संयुक्त आयोगको बैठकमा नेपालले भारतसँग कोरोनाविरुद्ध खोपका लागि सहयोग गर्न आग्रह गरेकोबारे उल्लेख गरिएको छ । त्यस्तै मोतीहारी अमलेखगन्जसम्म पुगेको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन विस्तार गर्ने मामिलामा दुवै पक्षबीच छलफल भएको मन्त्रालयले खुलाएको छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x