×

NMB BANK
NIC ASIA

‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै आचारसंहिताको प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी एक शशी श्रेष्ठले भेटको प्रसंग कोट्याउँदै ‘निष्पक्ष न्याय सम्पादनको सुनिश्चितता हुनुपर्ने’ माग गरेकी हुन् ।

Muktinath Bank

विघटित प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापतिसमेत रहेकी श्रेष्ठले पुस २६ गते न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्रीलाई राति ८ देखि ९ बजेसम्म भेटेको कुरा आएको कान्तिपुरलाई बताइन् । ‘त्यसको भोलिपल्ट न्यायाधीश सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म भेटेको कुरा आएकाले इजलासमै प्रश्न उठाउन गएका हौं,’ उनले भनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रेष्ठले यो प्रसंग राखिनसक्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘यस्तो कुरा यहाँ नगर्नुस्’ भन्दै विषयवस्तु टुंग्याउन आदेश दिएका थिए । केहीबेरमा सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर यस्तो समाचारप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको प्रतिक्रिया दिएको छ । सर्वोच्चले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी झूटो र असत्य समाचार सम्प्रेषण भएको भनी प्रतिक्रिया दिएको हो ।


Advertisment
Nabil box
Kumari

विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम हुने गरी समाचार प्रकाशित भएको भन्दै सर्वोच्च अदालतले विज्ञप्तिमा भनेको छ, ‘स्वयं पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हँुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन अनुरोध छ ।’

Vianet communication
Laxmi Bank

निवेदक श्रेष्ठले भने केही मानिसले आफूहरूलाई पहिल्यै यसबारे सूचना दिइसकेको बताइन् । उनका अनुसार, त्यसको आधिकारिकतामा समेत कुराकानी भएको थियो ।

उनले भनिन्, ‘उहाँहरूले सीसीटीभी फुटेज मगाएर हेरे हुन्छ नि भनेपछि विश्वस्त भएका हौं ।’ न्यायालय दबाब र प्रभावमा पर्दैन भन्ने मान्यता रहेकामा त्यो आस्था नटुटोस् भनेर इजलासमा नै ध्यानाकर्षण गराएको उनको भनाइ थियो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x