×

NMB BANK
NIC ASIA

सीमा विषय नेपालले उठायो, छलफल भएन

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ ।

Muktinath Bank

नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्‍याउनुपर्ने विषय’ भन्दै पन्छाएपछि यसमा सामान्य छलफल मात्र भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकलगत्तै नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भने सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी खण्डलाई चाँडो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको भन्दै विगतकै जस्तो भाषा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

लामो समयदेखि थाती रहेको प्रबुद्ध समूह (ईपीजी) का सम्बन्धमा पनि बैठकमा भारतीय पक्षबाट ठोस जवाफ आएन । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सम्बन्धका सबैजसो पक्षको समीक्षा गर्दै सुझाव दिन गठित ईपीजीले संयुक्त प्रतिवेदन तयार गरेको साढे दुई वर्ष नाघिसकेको छ । बैठकमा भारतीय पक्षले कोरोना खोपको आपूर्ति जतिसक्दो चाँडो र सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता भने व्यक्त गरेको स्रोतले जनाएको छ ।

Vianet communication
Laxmi Bank

यही माघभित्र कोरोना खोपको पहिलो लट उपलब्ध गराउने भनिए पनि अनुपात र मात्रा खुलाइएको छैन । हैदराबाद हाउसमा शुक्रबार दिउँसो १२ बजे सुरु भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए । बैठकको सुरुमा भारतीय विदेशमन्त्री जयशंकरले सम्बोधन गरेका थिए ।

उनले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यको प्रशंसा गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरे । यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु बैठकको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो । त्यसपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धका सबै पक्षमा छलफल गर्ने ‘म्यान्डेट’ बैठकको भएको उल्लेख गरेका थिए । नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत उनले बताएका थिए । उनले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले आपसी सम्बन्धमा गतिशीलताको नयाँ आयाम थपेको समेत बताए ।

आयोगको बैठकलगत्तै भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सीमा विवादभन्दा पनि व्यवस्थापनको विषयमा छलफल भएको उल्लेख छ । ‘संयुक्त बैठकले दुई देशबीचको बृहत् साझेदारीको समीक्षा गर्‍यो । दुई देशबीचको परम्परागत तथा मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल भयो,’ विज्ञप्तिमा भनिएको छ । कनेक्टिभिटी, आर्थिक र व्यापार, ऊर्जा, तेल तथा ग्यास, जलस्रोत, राजनीतिक तथा सुरक्षाका मुद्दा, सीमा व्यवस्थापन, विकास, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धि जस्ता दुई पक्षबीच साझेदारीका विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ । पेट्रोलियम पाइप लाइनलाई मोतिहारी–अमलेखगन्ज हुँदै चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापासम्म अर्को नयाँ पेट्रोलियम पाइप लाइन विस्तार गर्ने छलफल पनि भएको थियो ।

गत वर्षबाट भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइप लाइन प्रयोगमा छ । नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा बैठकमा बुटवल–गोरखपुर प्रसारण लाइन, सीमा क्षेत्रको डुबान समस्यालगायतका विषयमा पनि छलफल भएको उल्लेख छ ।

बैठकमा जनकपुर–जयनगर यात्रुवाहक रेलमार्ग निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै अन्य अन्तरदेशीय रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गबारे चर्चा गरिएको थियो । सीमामा आमनागरिक र बस्तुको आउजाउलाई सहज बनाउने विषयमा पनि जोड दिइएको छ । वीरगन्ज र विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आईसीपी) ले सर्वसाधारणको आउजाउ र दुईपक्षीय व्यापार सहज भएको समेत बैठकले ठहर गरेको छ । बैठकमा दुवै पक्षले नेपालगन्जमा आईसीपीको काम सुरु भएकामा स्वागत व्यक्त गरेको र भैरहवाको आईसीपीको काम सुरु गर्ने भारतीय पक्षले जानकारी दिएको छ । बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय साझेदारीका विषयमा पनि चर्चा भएको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिमा नेपालले भारतलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को विस्तारित संरचनामा स्थायी सदस्य बन्न समर्थन व्यक्त गरेको समेत उल्लेख छ ।

बैठकका लागि दुवै पक्षले तीन दर्जनभन्दा बढी एजेन्डा तय गरेका थिए । एजेन्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । आयोगको बैठकमा बृहत् छलफल नभए पनि सीमा, ईपीजीलगायतका विषयमा मन्त्रीस्तरीय भेटवार्तामा छलफल भएको बताइएको छ । भारतले अनुदानसहित पशुपतिनाथ क्षेत्रको वाग्मती नदीपट्टिको सम्पदा क्षेत्रको विकास र पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचाको पुनर्निर्माणको जिम्मा लिने चाहना पनि बैठकमा राखेको छ । आयोगको बैठकअघि हैदराबाद हाउसमै ज्ञवाली र जयशंकरबीच करिब एक घण्टा ‘वान टु वान’ भेटवार्ता भएको थियो ।

भेटवार्ता कोरोना खोप केन्द्रित रहेको र भारतका तर्फबाट नेपाललाई केही परिमाणमा खोप अनुदानमा उपलब्ध गराउने जनाइएको छ । यस्तै, नेपालका लागि भारतीय उत्पादक कम्पनीबाट किन्ने खोपको आपूर्ति प्रक्रिया सहज बनाउने प्रतिबद्धता जनाइएको स्रोतले जानकारी दिएको छ ।

मन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँगको भेटमा ईपीजीको प्रतिवेदनको विषय पनि उठाएका थिए । त्यसमा भारतीय पक्षले सकारात्मक रूपमा लिए पनि ठोस जवाफ भने नदिएको नेपाली पक्षको भनाइ छ । मन्त्री ज्ञवाली आयोगको बैठकलगत्तै भएको एक कार्यक्रममा ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्षबाट भइरहेको ढिलाइप्रति घुमाउरो तरिकाले असन्तुष्टि पोखेका थिए । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने शुक्रबारका सबै भेटघाट र छलफल सम्बन्धलाई प्रत्यक्ष भेटघाट र उच्चस्तरीय वार्ताद्वारा अगाडि बढाउने दिशामा नयाँ कदम भएको र त्यसैअनुसार आयोगको बैठक उपलब्धिपूर्ण रहेको दाबी गरे ।

‘यो भ्रमणले भ्रमणको सिलसिलालाई थप अगाडि बढाउने र दुई देशबीच बाँकी रहेका समस्यालाई समाधान गर्ने र सम्बन्ध एवं सहयोगलाई थप विकास गर्ने बाटोमा लगेको छ’ आयोगको बैठकलगत्तै आचार्यले कान्तिपुरसँग भने । उनले सीमा विवादतर्फ संकेत गर्दै भने, ‘सामाजिक, आर्थिक, ऊर्जाका अतिरिक्त पेचिला, अप्ठ्यारा र इतिहासले छाडेका विषयका साथै थाती रहेका विषयमा छलफल भयो ।’ कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x