कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाका नेताहरूले नै साथ दिएको आरोप लगाए । त्यही घटनापछि नेकपाभित्र सार्वजनिक रूपमै आरोप–प्रत्यारोपको सिलसिला पेचिलो बन्दै गयो ।
ओलीले त्यतिखेर चोरऔंला देखाउँदै गरेको खबरदारीको जवाफ पुस २९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रश्नमार्फत नै दिए र ओलीतिर फेरि चौरऔंला देखाए । ‘मलाई भारतले हटाउन खोजेको छ भन्नुभएको थियो पहिले । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं त्यतिखेर,’ उनले भने, ‘त्यसो भए उहाँले अहिले पार्टी विभाजन र प्रतिनिधिसभा विघटन भारतले भनेर गर्नुभएको हो ? सारा जनताले देखे, बुझे, तपाईं के भन्नुहुन्छ त केपीजी ?’
पछिल्लो समय नेताहरू चुनावका बेलाजस्तै जनता र कार्यकर्तामाझ जाने र भाषण गर्ने गरिरहेका छन् । तर उनीहरूसँग कुनै योजना छैन, जनताको जनजीविकासित जोडिएको खास विषय छैन । बरु प्रतिनिधिसभा चुनाव भएयता एउटा लय समातिसकेको राजनीति फेरि नेताहरूकै गालीगलौज, धाकधम्की र आरोप–प्रत्यारोपको चरणमा फर्किंदा नागरिक दिक्क छन् । मानवशास्त्री सुरेश ढकाल नागरिकले हैरान बेहोर्ने गरी भएका नेताहरूको यो प्रवृत्तिलाई आवेगभन्दा धेरै चरित्रका रूपमा बुझ्नुपर्ने बताउँछन् । ‘कतिपयले व्यक्तिको हिसाबले आवेशमा आएर यस्तो तुच्छ गाली गरेका हुन् पनि भन्छन् । तर यो आवेशभन्दा पनि चरित्र हो, जुन लामो समयबाट निर्माण हुन्छ,’ उनले भने, ‘आफूले गरेको गल्तीको जवाफ दिने कुरा नहुँदा त्यसलाई छायामा पार्न नेताहरूले अर्कोलाई गाली गरिरहेका हुन् ।’
हिजोआज अक्सर नेताहरूले भाषणमा ९० प्रतिशतभन्दा बढी समय अर्को पक्षलाई गाली गरेरै बिताएका हुन्छन् । कार्यक्रममा नेता, कार्यकर्ता, युवा र विद्यार्थीले सबैभन्दा निम्नकोटिको गालीमा बेस्सरी ताली बजाएर र सिट्ठी फुकेर झन् उक्साइरहेका हुन्छन् । यत्रो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनेदिने, रणनीतिबारे छलफल र बहस गर्नुपर्ने नेताहरू विगतका कोठे बैठकमा कसले के बोल्यो, को कस्तो थियो, कसको कुर्सी कता सारियो, कसले कुन पद माग्यो भन्नमै व्यस्त देखिएका छन् । यसरी गाली बक्नेमा प्रधानमन्त्री ओली नै अगाडि देखिन्छन्, त्यसपछि दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायतका नेताहरू छन् । उनीहरूले ओलीलाई बारम्बार भन्ने गरेका शब्द हुन्, तानाशाह, भस्मासुर, हिटलरवादी, गोपन सर्प आदि । मानवशास्त्री ढकाल नेताहरूले गर्ने यस्ता गाली गम्भीर विषय भएकाले सामान्यीकरण गर्न नमिल्ने बताउँछन् । ‘अर्को त नेताहरूको गाली भाषण कोही गतिला होइनौं है भन्ने जानकारी पनि हो,’ उनले भने ।
नेपालीमा एउटा भनाइ चर्चित छ, ‘अरूतिर एउटा चोरऔंला सोझ्याउँदा आफूतिर अरू चार औंला फर्किन्छन् ।’ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर सडकमा उत्रिएका नेताहरूले गरेको भाषण र अर्को पक्षलाई लगाइरहेको आरोप–प्रत्यारोप र गालीबाट त्यही प्रतीत हुन्छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले भर्खरै छुटेका आफ्ना सहकर्मीमात्रै होइन, प्रतिनिधिसभा विघटनको विपक्षमा बोल्ने जोकोहीको पनि हुर्मत लिन बाँकी राखेका छैनन् । यति धेरै गाली गर्न र जे पायो त्यही बोल्न नेताहरूलाई केले प्रेरित गर्छ त ? विश्लेषक भाष्कर गौतम भन्छन्, ‘गोप्य प्रकृतिको सम्झौता र त्यही सम्झौतामा टिकिरहन नसक्ने राजनीतिक पात्रहरू गाली उत्पादनको कारखानाजस्ता भएका छन् ।’
हुन पनि अहिलेको राजनीतिक परिवर्तनको आधार मानिएको शान्ति प्रक्रियाको सम्झौता नै गोप्य प्रकृतिको थियो । त्यसपछि राजनीतिक हिसाबले अर्थपूर्ण बन्न सक्ने धेरैजसो सहमति र सम्झौता गोप्य रूपमै भएका छन् । भित्री रूपमा सम्झौता भएपछि सम्झौताकर्ताले जे भन्यो, नागरिकले त्यही पत्याइहाल्ने भए । त्यसैले सहमतिकर्ता मिल्दा सबै मिलेजस्तो हुने र मिलेनन् भने सब कुरा भत्किएर एक–अर्काविरुद्ध औंला तेर्साउने पद्धतिको विकास शान्ति सम्झौतादेखि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र दाहालबीच भएको सहमतिमा पनि देखियो । ‘शान्ति सम्झौतादेखि एकतासम्म जसरी भित्री रूपमा सम्झौता सहमति गर्ने र त्यही नै सर्वेसर्वा हुने परम्परा बस्यो, त्यो राजनीतिका लागि एकदमै खतरनाक भयो, गोप्य सम्झौतालाई पार्टीका सबै र नागरिक समाजले पनि मान्ने पद्धति बस्दै गयो,’ गौतमले भने, ‘यसले दुई धामीझाँक्रीले भित्र बसेर जे गर्छन् त्यो मिल्यो भने अँगालो हाल्ने, मिलेन भने औंला तेर्साउने गर्दा हामी यो जटिल अवस्थामा आइपुग्यौं ।’
पछिल्लो कालमा विधि, पद्धति र विषयभन्दा पनि व्यक्तिहरूले गर्ने सहमति र झगडालाई मात्रै ध्यान दिँदा खास विषय के हो भन्नेमा न नेताहरूले स्पष्ट पार्न सके न त नागरिक नै सचेत भए । ‘अँगालो मार्दा ताली बजायौं, पद्धति प्रक्रियामा ध्यान दिएनौं, यो पद्धतिमा कन्टेन्ट खुकुलो भयो । नेताहरूबीच भद्र सहमति भयो भनियो । के भद्र भयो हामीले थाहा पाएनौं । अहिले भद्रको उल्टो पाटो भनेको अभद्रता भन्न पनि मिल्ने खालको वातावरण छ, खासमा हामी शान्ति प्रक्रियादेखि अहिलेसम्म त्यो पद्धतिबाट बाहिर निस्केका छैनौं, परिणामतः नेताहरूले एक–अर्कालाई जे लाञ्छना लगाए पनि हुने स्थितिमा पुग्यौं,’ गौतमले भने ।
नागरिकसँग जिम्मेवार र बफादार हुनु नपर्ने भएकाले यस्ता कुरामा नेता पनि रमाउँदै आए । नेताहरू गालीगलौजमै भुल्न थालेपछि विषयवस्तुमा कुरा गर्नेहरू बिस्तारै ओझेल पर्दै गए । विधि, पद्धति र सिद्धान्तबाट राजनीति डोर्याउनुपर्छ भन्नेहरूको कुरा नेकपाका दुवै खेमा र नेपाली कांग्रेसमा पनि सुनिँदैन । सम्भवतः त्यसैकारण राष्ट्रिय सभाको रोस्ट्रममा उभिएर प्रधानमन्त्री ओलीले भने, ‘विधि, पद्धतिले खान दिँदैन ।’ उनैले कार्यकर्ताबीच भनिदिए, ‘दाहाल–नेपालहरू भगौडा हुन्, भेट्नो कुहिएर झरेका फल हुन् ।’ कार्यकर्तामाझ दाहालले ओलीलाई लाजघिन नभएका निर्घिणी भनेका छन् । भट्टराईले ओलीलाई ‘कलियुगको भस्मासुर’ का रूपमा ‘ओलीसुर’ को उदय भएको र उनलाई परास्त नगरी नहुने भनेका छन् । यस्ता कुरा दिनदिनै सुनिन्छ । जब नेताहरू एक–अर्काविरुद्ध यसरी खनिँदै आए, उनीहरूलाई यिनै कुराले क्षणिक खालको लोकप्रियता बढेझैं भइरहेको छ । चर्का कुरा बिकिरहेका छन्, कार्यकर्ताको ताली यस्तै कुरामा बजिरहेको छ । ‘हामी जनता त भेडा नै भयौं,’ लेखक तथा विश्लेषक सञ्जीव उप्रेतीले भने, ‘बिहान समाचारमा जे पढ्ने हो, त्यो बाहेक हामीलाई केही पनि थाहा हुँदैन । हाम्रा नेताजीहरू पारदर्शी भएको खोइ ? यसले हामी कति रैती रहेछौं भनेर देखाउँछ ।’ उनले गणतन्त्र र लोकतन्त्रका लागि आन्दोलन गरिए पनि त्यसको आधार कमजोर र अपारदर्शी हुँदा मुलुक प्रतिगमनतिर अघि बढिरहेको र त्यसलाई ढाकछोप गर्न नेताहरूले गालीगलौजमा उत्रिएर एक–अर्काविरुद्ध चोरऔंला उठाइरहेको बताए ।
नामकै आधारमा नेकपालाई कम्युनिस्ट मान्ने हो भने कम्युनिस्ट पार्टीको मान्यता बन्द समाजमा रमाउने र गाली गरे पनि प्रशंसा गरे पनि कमिटीभित्रै गर्नुपर्छ भन्ने हो । लेनिनकालीन समयदेखि नै कम्युनिस्टहरूले आत्मालोचना गर्नुपर्छ भन्दै आइरहेको पाइन्छ । नेकपा अध्यक्ष ओलीले पनि गत वैशाखमा एकपटक पार्टीमा आत्मालोचना गरेका थिए । पूर्वएमालेमा समेत आत्मालोचनाको चलन व्यापक थियो । ‘जनयुद्ध’ कालमा दाहाल र भट्टराईले पटक–पटक आत्मालोचना गरे । तर अहिले त्यो चलन हरायो र लाजैमर्दो गरी गाली गर्ने प्रवृत्ति विकास भयो । यसले नेताहरू मात्रै होइन उनीहरूका कुरा सुन्ने र मनन गर्ने ठूलो समूहलाई समेत असहिष्णु बनाउँदै लगेको छ, समाज विभाजित छ । ‘लोकतन्त्रमा आफ्नो गल्ती पनि केही छ कि भनेर हेर्नुपर्ने हो तर हामीकहाँ त नेताहरूले अरूको फोटो खिच्न लेन्स बाहिरतिर फर्काएको जस्तो मात्रै गरे, जसले दीर्घकालीन समाधान दिँदैन,’ लेखक उप्रेतीले भने, ‘अब नेताज्यूहरूले आफ्नो सेल्फी पनि खिच्न सिक्नुपर्यो ।’ कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छन् ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...